रियल मड्रिडले गर्‍यो चुआमेनीलाई ६ वर्षका लागि अनुबन्ध « Khabarhub

रियल मड्रिडले गर्‍यो चुआमेनीलाई ६ वर्षका लागि अनुबन्ध


३० जेष्ठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस महारथि रियाल मड्रिडले मोनाकोका फ्रान्सेली मिडफिल्डर ओरेलियन चुआमेनीलाई ६ वर्षका लागि अनुबन्ध गरेको छ।

दुवै क्लबले यसको आधिकारीक घोषणा गरिसकेका छन् र रियालले चुआमेनीको स्वास्थ्य परीक्षणपश्चात क्लबमा स्वागत कार्यक्रम गर्ने जनाएको छ ।

चुआमेनीले सन् २०२१–२२ मा मोनाकोबाट ३५ खेलमा तीन गोल र दुई असिस्ट गरेका थिए । सेप्टेम्बरमा राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका चुआमेनीले फ्रान्सबाट ११ खेल खेलेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको अनुसार चुआमेनीलाई मड्रिडले ८० मिलियन युरोमा अनुबन्ध गरेको हो । यसअघि चुवामेनी लिभरपुल, म्यानचेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मन (पिएसजी) जाने चर्चा थियो ।

मड्रिडले समरमा फ्रान्सेली स्ट्राइकर किलियन एमबाप्पेलाई नसकेपछि चुआमेनीलाई क्लबमा अनुबन्ध गरेको हो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ६ : ३२ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण