उत्तर कोरियाद्वारा शृंखलाबद्ध तोप प्रहार | Khabarhub Khabarhub

उत्तर कोरियाद्वारा शृंखलाबद्ध तोप प्रहार


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सीउल- उत्तर कोरियाले आइतबार स्थानीय समयअनुसार बिहान ८ बजेदेखि ११ बजेसम्म तोप प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ।

किम जोङ उनले उत्तर कोरियालाई आणविक रूपमा सशक्त देश बनाउने प्रतिबद्धता गरेको भोलिपल्ट उत्तरले शृंखलाबद्ध ढंगले तोप प्रहार गरेको हो।

उत्तरको तोप प्रहारबारे दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफले थप विवरणहरू दिएको छैन्। तर, उसको प्रहार परम्परागत शैलीका, तुलनात्मक रूपमा छोटो दूरीको र कम उचाइको भएको जनाइएको छ। उत्तरले यसअघि पनि एकपछि अर्को आणविक हतियार परीक्षण गर्दै आएको छ।

गत साता भएको वर्कस पार्टीं बैठकमा किमले उत्तर कोरियाको सार्वभौम अधिकारको रक्षा गर्न देशको सैन्य शक्ति र रक्षा अनुसन्धानलाई प्रबद्र्धन गर्नुपर्ने बताएका थिए।

उत्तर कोरियाको आणविक परीक्षणलाई लिएर दक्षिण कोरियाले उमाथि एकपछि अर्को प्रतिबन्ध लगाउँदै आएको छ।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ८ : ३२ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले