अमेरिकी बन्दुक नियन्त्रण सुरक्षा उपायबारे सिनेटर सहमत | Khabarhub Khabarhub

अमेरिकी बन्दुक नियन्त्रण सुरक्षा उपायबारे सिनेटर सहमत


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क- अमेरिकी सिनेटरहरूको एउटा क्रस–पार्टी समूहले बन्दुक सुरक्षामा सम्भावित कानूनको लागि एउटा ढाँचामा सहमति जनाएको छ।

बन्दुक नियन्त्रणका सम्बन्धमा चौतर्फी दबाब बढिरहेका बेला समूहले सहमति जनाएको हो।

समूहले तयार गरेको प्रस्तावमा २१ वर्ष मुनिका खरिदकर्तामा कडा जाँच र अवैध बन्दुक खरिदमा नियन्त्रण रहनेछन्।

प्रस्तावलाई १० जना रिपब्लिकनले समर्थन जनाएका छन्। राष्ट्रपति जो बाइडेनले समूहले ल्याएका योजनाहरु सहि दिशाका लागि महत्वपूर्ण कदम भएको बताएका छन्।

बन्दुकसम्बन्धी कानुनलाई कडाइ गर्ने यसअघिका प्रयास अमेरिकी कंग्रेसमा आवश्यक समर्थनको अभावमा बिफल भएका थिए। दुईवटा सामूहिक गोलीकाण्डको घटनापछि अमेरिकामा बन्दुकसम्बन्धी कडा कानुनको माग गर्दै शनिबार हजारौं प्रदर्शनकारीले अमेरिकाभर जुलुस निकालेका थिए।

सिनेट समूहले एक विज्ञप्तिमा भनेको छ, ‘आज हामी अमेरिकाका बालबालिकाको सुरक्षा गर्न, हाम्रा विद्यालयहरूलाई सुरक्षित राख्न र हाम्रो देशमा हुने हिंसाको खतरालाई कम गर्नका लागि द्विपक्षीय प्रस्तावको घोषणा गर्दैछौँ ’, सिनेट समूहले एक विज्ञप्तिमा भनेको छ।
राष्ट्रपति बाइडेनले सांसदहरूलाई प्रस्तावहरू चाँडै पारित गर्न आग्रह गरे।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ९ : ०२ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको