चितवनमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु  « Khabarhub

चितवनमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु 


३० जेष्ठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनको रत्ननगर नगरपालिका–५ मगरटोलमा हिजो साँझ कारको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक घाइते भएकी छन् । मृत्यु हुनेमा स्थानीय ४२ वर्षीया सेतीमाया घलान अधिकारी रहेकी छन् ।

गैरीबारी रिसोर्ट तर्फ जाँदै गरेको बा २० च ४११४ नम्बरको कारको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही कारको ठक्करबाट गम्भीर घाइते भएकी स्थानीय ५५ बर्षीया राधीका बोटेको मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

हिजो साँझ पौने ६ बजे भएको सवारी दुर्घटनामा संलग्न कार चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय टाँडी चितवनले जनाएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ११ : ११ बजे

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच