९६ केजी गाँजासहित तीन जना पक्राउ « Khabarhub

९६ केजी गाँजासहित तीन जना पक्राउ


३० जेष्ठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- भिमफेदी गाउँपालिका–९ चुनियाबाट ९६ किलो ८४० ग्राम अवैध लागू औषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा सोही गाउँपालिका–२ रिठ्ठेपानी बस्ने ३० वर्षीय अभिषेक लामा, कैलाश गाउँपालिका–९ घैराङ बस्ने ३७ वर्षीय ज्ञान बहादुर गोले र सोही गाउँपालिका–१० बलमटार बस्ने ४९ वर्षीय चन्द्र लामा रहेका छन् ।

ना.२ ह ३५६६ नम्बरको अटोलाई अस्थायी प्रहरी पोष्ट नामटारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी अटो चालक अभिषेक सहित ३ जनालाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  १ : ०६ बजे

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा