एमाले सचिवालय बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा « Khabarhub

एमाले सचिवालय बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा


३० जेष्ठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बसिरहेको छ । च्यासलस्थित पार्टी मुख्यालयमा जारी सचिवालय बैठकमा एक महिनाअघि सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा भएको छ ।

बैठकमा प्रस्तुत गरिएको प्रतिवेदनमा स्थानीय तह निर्वाचनमा सरकार तथा सत्तारुढ दल र तिनका नेताबाट राज्य शक्तिको दुरुपयोग गरिएको उल्लेख गरिएको छ ।

पार्टीको निर्वाचन कमिटीले प्रस्तुत गरेको प्रतिवेदनमा स्थानीय तह निर्वाचनमा सरकार र सत्तारुढ दलबाट भएको राज्य शक्तिको दुरुपयोग र आफ्नै नेताहरुको अन्तर्घातका कारण अपेक्षित परिणाम आउन नसकेको उल्लेख छ ।

उक्त बैठकमा आउँदो २ र २ असारमा जनप्रतिनिधिलाई प्रशिक्षण दिन भनिएको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताको उपस्थिति छ । अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्षहरू रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, सचिव पद्मा अर्याल, योगेश भट्टराई उपमहासचिवहरू प्रदीप ज्ञवाली, विष्णु रिमाल, लेखराज भट्ट, टोपबहादुर रायमाझी विष्णु पौडेललगायतको उपस्थिति छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ३ : ५४ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली