स्थानीयले बन्द गरे पूर्व गृहमन्त्री खगराज अधिकारीको घर जाने बाटो « Khabarhub

स्थानीयले बन्द गरे पूर्व गृहमन्त्री खगराज अधिकारीको घर जाने बाटो


३० जेष्ठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- लेखनाथस्थित पचभैया क्षेत्रका नागरिकहरूले सडक स्तरोन्नतिमा सरकारले उदासीनता देखाएको भन्दै साङ्केतिक रूपमा बाटो नै बन्द गरिदिएका छन् ।

पूर्व गृहमन्त्रीसमेत रहेका प्रतिनिधिसभा सांसद खगराज अधिकारीको घर जाने बाटोसमेत रहेको बेगनास भोर्लेटार सडकमा साङ्केतिक विरोध स्वरूप बन्द गरिदिएका हुन् । उनीहरूले सोमबार बिहान आधा घण्टा बाटोमा गाडी हिँड्न रोकिदिए ।

पटक पटक सडक मर्मतका लागि सरोकारवाला निकायलाई घचघच्याउँदा समेत सुनुवाइ नभएपछि बाध्य भएर सडक बन्द गर्नुपरेको नागरिक सरोकार समितिका सदस्य दामोदरभक्त थापाले बताए ।

‘भन्नुपर्ने ठाउँमा भनिसक्यौँ । कोही नेता र कर्मचारी छैनन् भन्न बाँकी,’ उनले भने, ‘कसैले सुनेनन् । बाटो बन्द गर्नुको विकल्प भएन । अझै सुनुवाइ नभए थप कार्यक्रम गर्छौँ ।’

निर्वाचनका बेला बजेट दिन नमिल्ने भनेपछि स्थानीयले नै पैसा उठाएर खाल्डा टालेका थिए । चुनाव जितेपछि पनि कुनै सुनुवाइ नभएको थापाले बताए । यो बाटो कास्कीको बेगनास तालबाट लमजुङको भोर्लेटार छिचोल्ने सबैभन्दा छोटो दूरीको बाटो हो । त्यहाँको करिब ८ किलोमिटर बाटो निकै साँघुरो र बढी खाल्डाखुल्डी भएकोले मर्मतका लागि आग्रह गरिएको स्थानीयहरूले बताए ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ४ : ०० बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही