काठमाडौँ– ग्लोबल आइएमई बैंकले स्वस्थ नारी पहल अभियान अन्तर्गत पश्चिम रुकुमको मुसीकोट नगरपालिका वडा नं.७ स्थित साँख स्वास्थ्यचौकीमा निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
उक्त स्वास्थ्य शिविरमा विज्ञहरूले स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरू निःशुल्क रुपमा उपलब्ध गराएका थिए । शिविरमा १५० जनाभन्दा बढि महिलाहरू प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । बैंकद्वारा आयोजित उक्त शिविर नेपाल परिवार नियोजन संघ दाङको प्राविधिक सहयोग र मुसीकोट नगरपालिका संघको साझेदारीमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया