नेपालको अवस्था युक्रेनभन्दा संवेदनशील छ : एमाले उपमहासचिव ज्ञवाली « Khabarhub

नेपालको अवस्था युक्रेनभन्दा संवेदनशील छ : एमाले उपमहासचिव ज्ञवाली


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अहिले नेपाल युक्रेनभन्दा संवेदशिल अवस्थामा रहेको टिप्पणी गरेका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आज बोल्दै उनले संयम भएर परराष्ट्र नीतिको अभ्यास गर्न उनले सरकारलाई सचेत गराएका छन् ।

‘आज युक्रेनमा जे देखिएको छ । त्यसतर्फ हामीले पनि ख्यल्ल गर्नुपर्ने हुन्छ,’ उपमहासचिव ज्ञवालीले भने । वर्तमान सरकारले चीनसँग गरेको व्यवहार ठिक नभएको समेत उनले बताए ।

‘बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) अनुदानमा पाए लिने नत्र नलिने । सित्तैमा पाए अलकत्रा खाने हो । चीनसँग वर्तमान सरकारको नीति ठिक भएन,’ उपमहासचिव ज्ञवालीले भने, ‘ऋण लिने वा अनुदान भन्ने मेरिट बेसमा हुनुपर्छ । हामीले कुनै सहायता सित्तैमा पाए पनि लिनु हुँदैन । तर, आवश्यकता पर्‍यो भने ऋण पनि लिने हाम्रो नीति हो ।’

केही दिनअघि तिब्बत मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्रीको नेपाल भ्रमणप्रति उनले आपत्ति जनाए । उनले भने, ‘छिमेकलाई र उसको चासोलाई बेवास्ता गरेर हामी जे गर्दै छौं त्यसले हामीलाई अप्ठेरोमा पार्छ ।’

समग्रमा वर्तमान सरकारको छिमेक सम्बन्ध ठीक नभएको उनले बताए । वर्तमान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सुरुमै बिदेशीका लागि कन्फरटेवल सरकार भनेर परराष्ट्र नितिबारे गलत अभ्यास सुरु गरेको आरोप उनले लगाए ।

‘सीमाबारे हामीले कालापानीलाई संविधान नै समेटेर नक्सामा राख्यौं । त्यो भुभाग लिनेतिर ध्यान दिएनौं । बरु समस्या नै नभएको चीनबारे सिमा मिचिएको भनी अध्ययन गर्यौं । के आयो रिजल्ट ?,’ उपमहासचिव ज्ञवालीले प्रश्न गरे ।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ५ : ३१ बजे

आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन

काठमाडौं– आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले लोकसेवा परीक्षा तयारीका लागि

सञ्जय दत्तले गरे पशुपतिनाथ दर्शन, आजै स्वदेश फर्किने

काठमाडौं–  बलिउड अभिनेता सञ्जय दत्तले पशुपतिनाथ मन्दिरमा दर्शन गरेका छन्

तनहुँमा एक हजार ५७३ निर्वाचन प्रहरी भर्ना गरिँदै

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

दार्चुलामा ५० शय्याको अस्पताल भवन निर्माणमा ढिलाइ

दार्चुला– जिल्ला अस्पतालको निर्माणाधीन ५० शय्याको अस्पताल भवन निर्माणमा ढिलाइ

कांग्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुन्छ : गुरु बराल

काठमाडौं–  नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले पार्टी विभाजनको खतरा