अबदेखि सातामा ६ दिन शेयर कारोबार हुने « Khabarhub

अबदेखि सातामा ६ दिन शेयर कारोबार हुने


३० जेष्ठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अब शनिबारबाहेक सबैदिन शेयर बजार खुल्ने भएको छ । शेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले हालसम्म सातामा ५ दिन मात्रै खुल्ने गरेको शेयर कारोबार आइन्दा ६ दिन नै खुलाउने तयारी गरेको हो ।

सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै नेप्सेले सातामा शनिबारबाहेक ६ दिन नै सेयर कारोबार खुल्ला गर्न लागेको जनाएको छ ।

यसअघि शनिबार र आइतबार सार्वजनिक बिदा गर्ने सरकारको निर्णयपछि शुक्रबार शेयर कारोबार खुला गरेर आइतबार बन्द गरिएको थियो ।

सरकारले असार १ गतेदेखि आइतबार दिएको सार्वजनिक बिदा खारेजको निर्णय गरिसकेको छ । सरकारले आइतबार दिएको बिदा खारेज गरे पनि नेप्सेले शुक्रबार पनि शेयर कारोबार खुल्ला राख्ने निर्णय गरेको हो ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले शुक्रबार शेयर कारोबार खुल्ला गर्ने विषयमा निर्णय भएको जानकारी दिए । उनका अनुसार आइतबारदेखि बिहीबारसम्म साविककै समय ११–३ बजेसम्म र शुक्रबार भने १ बजेसम्म शेयर कारोबार हुनेछ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ५ : ५३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको