दोलखामा विद्युत् सर्ट भएर आगलागी हुँदा ८५ वर्षे वृद्धाको मृत्यु | Khabarhub Khabarhub

दोलखामा विद्युत् सर्ट भएर आगलागी हुँदा ८५ वर्षे वृद्धाको मृत्यु


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दोलखाको शैलुङ गाउँपालिकाको एक घरमा आगलागी हुँदा निसासिएर एक जनाको मृत्यु भएको छ । शैलुङ गाउँपालिका–१ मा रहेको एक घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा घरमा रहेका ८५ वर्षीया निदकुमारी मगरको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा विद्युत् सर्ट भएर आगलागी भएको र झ्यालढोका सबै बन्द रहेका कारण घरमा रहेकी वृद्धाको आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरको छुट्टै कोठामा वृद्धा एक्लै सुत्ने गरेको र घरमा आगलागी भएपछि स्थानीयवासीले उद्धारको प्रयास गरे पनि निसासिएर उनको घरभित्रै मृत्यु भइसकेको स्थानीयवासी बताएका छन् । बिहानीको समयमा घरमा विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परी घर पूर्ण रुपमा नष्ट भएको छ भने घरमा रहेको बाख्रा तथा कुखुरासमेत जलेर मरेका छन् । आगलागीबाट के कति क्षति भयो भन्ने बारेमा विवरण सङ्कलन भइरहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ७ : ०७ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता