पाँच लाख परिवारलाई लालपूर्जा वितरण गरिदैँ | Khabarhub Khabarhub

पाँच लाख परिवारलाई लालपूर्जा वितरण गरिदैँ


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : सरकारले आउँदो वर्ष ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पूर्जा लालपूर्जा वितरण गर्ने तयारी गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आउँदो वर्ष ५ लाख परिवारलाई जग्गाधनी प्रमाणपूर्जा लालपुर्जा वितरण गर्ने बताएकी हुन् ।

प्रतिनिधिसभामा मन्त्रालयका लागि विनियोजन भएको बजेटको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले करिब १४ लाख परिवार भूमिहीन सुकुम्बासी, भूमिहीन दलित रहेकामा सुकुम्वासी आयोगमार्फत आगामी वर्ष ३०० स्थानीय तहका ५ लाख परिवारहरुलाई जग्गाधनी पूर्जा वितरण गर्ने बताएकी हुन् ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्याको दीर्घकालीन समाधानको लागि राष्ट्रिय भूमि आयोग र जिल्ला समितिहरु गठन गरेर कामको सुरुवात गरेको पनि उनको भनाई छ ।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ७ : २२ बजे

युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवाशक्तिलाई सीप

‘गाउँभन्दा शहरको गरिबी भयानक, जहाँ घर जोडिन्छ मन जोडिँदैन’

काठमाडौं– निर्देशक दीपेन्द्र के खनालमाथि एउटा भाष्य बनेको छ– उनीसँग

कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य

दाङ – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्यले कम्युनिस्ट

फणिराज पाठकले भने : पूर्वराजालाई नजरबन्द गरिएको समाचार झुठो हो

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा नजरबन्द गरिएको समाचार

गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट डा. विश्व