बेलायतमा ४ लाख तलब पाउने गरि नेपाली नर्स जाँदै « Khabarhub

बेलायतमा ४ लाख तलब पाउने गरि नेपाली नर्स जाँदै


३० जेष्ठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : बेलायतमा मासिक झण्डै ४ लाख रुपैयाँ पाउने गरि नेपालबाट नर्स पठाउने तयारी सरकारले गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मासिक ४ लाख तलब पाउने गरि १० हजार नेपाली नर्स बेलायत पठाउने गरी सम्झौता गर्न लागेको जानकारी संसदमा दिएका हुन् । प्रतिनिधिसभामा बजेट शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले यसबारे जानकारी दिएका हुन् ।

बेलायतपछि जापान, कोरिया, न्युजिल्याण्डमा पनि नेपाली श्रमिक पठाउनका लागि तयारी भइरहेको दाबी गरेका छन् । यद्यपी उनी आफ्नै कार्यकालको अन्तिम चरणमा रहेकाले मोटामोटी आफ्नो तयारीलाई संसद्मा प्रस्तुत गरेको आशंका गरिएको छ । यद्यपी बेलायतमा पनि तत्कालै नेपाली नर्स पठाउनेबारे छलफल चलिरहेको उनको दाबी छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ७ : ४९ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर