आइतबारको विदा खारेज गरिएको गृह मन्त्रालयको सूचना, शुक्रबार ३ बजेसम्म सरकारी कार्यालय खुल्ने « Khabarhub

आइतबारको विदा खारेज गरिएको गृह मन्त्रालयको सूचना, शुक्रबार ३ बजेसम्म सरकारी कार्यालय खुल्ने


३० जेष्ठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृह मन्त्रालयले सातामा आइतबार पनि विदा दिने निर्णय खारेज गरेको सूचना निकालेको छ । मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै जेठ १ गतेदेखि लागू हुनेगरी परीक्षणका रुपमा दिइँदै आएको दुई दिने साप्ताहिक विदा खारेज गर्ने जनाएको हो ।

यसअघि गत जेठ २३ गतेको मन्त्रिपरिषद्को बैठकले आइतबार विदा खारेज गर्ने निर्णय गरेको थियो । सोहीअनुसार असार १ गतेबाट लागू हुने गरी आइतबारको विदा खारेज गरिएको गृह मन्त्रालयले जनाएको छ ।

यसअनुसार अब असार १ गतेदेखि कार्त्तिक क १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म सरकारी कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म एवम् कार्त्तिक १६ देखि माघ १५ सम्म कार्यालय समय १० बजेदेखि ४ बजेसम्म कायम गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

शुक्रबार भने कार्यालयहरु बिहानको १० बजेदेखि अपरान्हको ३ बजेसम्म खुला रहनेछन् ।

 

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  १० : १६ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस