बस खाल्डोमा खस्दा २५ जना घाइते « Khabarhub

बस खाल्डोमा खस्दा २५ जना घाइते


३० जेष्ठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इनरुवा : सुनसरीको कोसी गाउँपालिका–७ हरिपुर सडकखण्डमा बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ६५६४ नंको बस अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो ।

विपरीत दिशाबाट आउँदै गरेको साइकलमा सवार यात्रुलाई जोगाउने क्रममा बस अनियन्त्रित भई दुर्घटनामा परेको अनुमान गरिएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । घाइतेको जिल्ला अस्पताल इनरुवा, सैनिक अस्पताल इटहरी र विराटनगरमा उपचार भइरहेको छ ।

घाइतेमध्ये देवकुमारी चौधरी र भूराज खत्रीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । रासस

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  १० : ३७ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर