ओली-नारायणकाजी भेटले नेपाली राजनीति तरंगित « Khabarhub

ओली-नारायणकाजी भेटले नेपाली राजनीति तरंगित



काठमाडौँ : पछिल्लो समय चुनाव नजिकिएका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको खबरले नेपाली राजनीति तरंगित भएको छ । यसअघि स्थानीय तहको चुनावमा एमाले दोस्रो भएलगत्तै एमाले नेताहरु माओवादीका नेता भेट्न उनीहरुकै निवाससम्म पुगेका थिए ।

तर अहिले आम चुनाव नजिकिदै जाँदा माओवादीकै नेता एमालेका अध्यक्ष ओलीलाई भेट्न बालकोट जानुलाई अर्थपूर्ण ढंगले हेरिएको छ । यसअघि २०७४ सालको आम चुनावमा पनि नारायणकाजीले नै ओली र प्रचण्डलाई एक ठाउँमा ल्याएर वाम एकतासहित झण्डै दुईतिहाई बहुमत ल्याउने अवस्था सिर्जना गरेका थिए ।

पछिल्लो समय कांग्रेस नेताहरुबाट लगातार माओवादी नेतामाथि ‘भाषण आक्रमण’ भइरहनुले पनि विस्तारै एमाले र माओवादीका नेताहरु वाम एकताबारे सोच्न थालेका छन् । केही समयअघि एमाले अध्यक्ष ओलीले नै माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बन्न अफर गरेका थिए ।

तर ओलीको प्रधानमन्त्री अफर प्रचण्ड र नेपालले लत्याएका थिए । अहिले माओवादी नेता श्रेष्ठ नै ओली निवास पुग्नुलाई कतै फेरि वाम एकता हुने हो कि भन्ने अड्कलबाजी हुन थालेको छ । तर यसलाई केही विश्लेषकले कांग्रेससँग प्रचण्डले आफ्नो बार्गेनिङ पावर बढाउन नारायणकाजीलाई बालकोट पठाएको टिप्प्णी गरेका छन् ।

चुनाव अघि वा पछि प्रधानमन्त्री पाउने गरि प्रचण्ड कांग्रेस नेताहरुसँग पुर्व सहमतिबारे रस्साकस्सी गरिरहेका छन् । चुनावमा आफूले पाउने सिटदेखि प्रधानमन्त्री पद र भागबण्डा टुंगाउन प्रचण्ड आतुर छन् । नेपालका सबैभन्दा अस्थिर नेता प्रचण्ड आफ्नो स्वार्थ मिलेको खण्डमा कांग्रेस छाडेर प्रतिगमन ठानिने ओलीसँगै पनि चुनावमा तालमेल गर्न पछि पर्दैनन् ।

उनको यही प्रवृत्तिका कारण आगामी चुनावको तालमेल, कांग्रेस र एमालेसँग प्रचण्डको बार्गेनिङ र सम्भावित सेटिङलाई लिएर ओली–नारायणकाजी भेटबारे टिप्पणी हुन थालेको छ ।

यद्यपी केही सञ्चारमाध्यममा भने ओलीलगत्तै नारायणकाजीले माधव नेपाललाई पनि भेट्नुले नेपालको विदेश नीति र केही वैदेशिक शक्तिले फेरि वाम एकताका लागि रिहर्सल गरेको अथ्र्याईरहेका छन् । तर चुनाव नजिकिदै जाने अवस्थामा वाम एकता कति सत्य, कति भ्रम वा अहिलेका शंका उपशंकाबारेका भित्री पाटो खुल्दै जानेछन् ।

यो पनि पढ्नुहोस

ओली र नारायणकाजीबीच बालकोटमा दुई घन्टा भेटवार्ता

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ११ : ०२ बजे

पातीहाल्नेमा बढ्यो पर्यटकको चहलपहल

ढोरपाटन- राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको मध्यपहाडी लोकमार्गमा पर्ने पातीहाल्नेमा पछिल्लो

बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने

काठमाडौँ – बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको छ

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासे चोकमा मोटरसाइकल दुर्घटना हुँदा

एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको

पूर्वराष्ट्रपति ट्रम्पमाथि फौजदारी अभियोग, अदालतमा उपस्थित हुँदै

न्युयोर्क – म्यानह्याटनको ग्राण्ड जुरीले अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पमाथि