ओली-नारायणकाजी भेटले नेपाली राजनीति तरंगित « Khabarhub

ओली-नारायणकाजी भेटले नेपाली राजनीति तरंगित



काठमाडौँ : पछिल्लो समय चुनाव नजिकिएका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको खबरले नेपाली राजनीति तरंगित भएको छ । यसअघि स्थानीय तहको चुनावमा एमाले दोस्रो भएलगत्तै एमाले नेताहरु माओवादीका नेता भेट्न उनीहरुकै निवाससम्म पुगेका थिए ।

तर अहिले आम चुनाव नजिकिदै जाँदा माओवादीकै नेता एमालेका अध्यक्ष ओलीलाई भेट्न बालकोट जानुलाई अर्थपूर्ण ढंगले हेरिएको छ । यसअघि २०७४ सालको आम चुनावमा पनि नारायणकाजीले नै ओली र प्रचण्डलाई एक ठाउँमा ल्याएर वाम एकतासहित झण्डै दुईतिहाई बहुमत ल्याउने अवस्था सिर्जना गरेका थिए ।

पछिल्लो समय कांग्रेस नेताहरुबाट लगातार माओवादी नेतामाथि ‘भाषण आक्रमण’ भइरहनुले पनि विस्तारै एमाले र माओवादीका नेताहरु वाम एकताबारे सोच्न थालेका छन् । केही समयअघि एमाले अध्यक्ष ओलीले नै माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बन्न अफर गरेका थिए ।

तर ओलीको प्रधानमन्त्री अफर प्रचण्ड र नेपालले लत्याएका थिए । अहिले माओवादी नेता श्रेष्ठ नै ओली निवास पुग्नुलाई कतै फेरि वाम एकता हुने हो कि भन्ने अड्कलबाजी हुन थालेको छ । तर यसलाई केही विश्लेषकले कांग्रेससँग प्रचण्डले आफ्नो बार्गेनिङ पावर बढाउन नारायणकाजीलाई बालकोट पठाएको टिप्प्णी गरेका छन् ।

चुनाव अघि वा पछि प्रधानमन्त्री पाउने गरि प्रचण्ड कांग्रेस नेताहरुसँग पुर्व सहमतिबारे रस्साकस्सी गरिरहेका छन् । चुनावमा आफूले पाउने सिटदेखि प्रधानमन्त्री पद र भागबण्डा टुंगाउन प्रचण्ड आतुर छन् । नेपालका सबैभन्दा अस्थिर नेता प्रचण्ड आफ्नो स्वार्थ मिलेको खण्डमा कांग्रेस छाडेर प्रतिगमन ठानिने ओलीसँगै पनि चुनावमा तालमेल गर्न पछि पर्दैनन् ।

उनको यही प्रवृत्तिका कारण आगामी चुनावको तालमेल, कांग्रेस र एमालेसँग प्रचण्डको बार्गेनिङ र सम्भावित सेटिङलाई लिएर ओली–नारायणकाजी भेटबारे टिप्पणी हुन थालेको छ ।

यद्यपी केही सञ्चारमाध्यममा भने ओलीलगत्तै नारायणकाजीले माधव नेपाललाई पनि भेट्नुले नेपालको विदेश नीति र केही वैदेशिक शक्तिले फेरि वाम एकताका लागि रिहर्सल गरेको अथ्र्याईरहेका छन् । तर चुनाव नजिकिदै जाने अवस्थामा वाम एकता कति सत्य, कति भ्रम वा अहिलेका शंका उपशंकाबारेका भित्री पाटो खुल्दै जानेछन् ।

यो पनि पढ्नुहोस

ओली र नारायणकाजीबीच बालकोटमा दुई घन्टा भेटवार्ता

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ११ : ०२ बजे

रातो मच्छिन्द्रनाथको रथ लगनखेल पुर्याइयो

ललितपुर – ललितपुरमा जारी रातो मच्छिन्द्रनाथ जात्राअन्तर्गत आइतबार रथ तानेर

उपत्यकाका चार स्थानमा भत्काइयो अतिक्रमित १२ सय बढी घरटहरा

काठमाडौं – काठमाडौं उपत्यकाका चार स्थानमा सरकारी तथा सार्वजनिक जग्गा

आईपीएल : रिंकू सिंहले जोगाए कोलकाताको ईज्जत, लखनउले पायो १५६ रनको लक्ष्य

कोलकाता – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३८औँ खेलमा

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

बक्स अफिसमा ‘भूत बंगला’को दबदबा, ९ दिनमै कमायो १०० करोड

काठमाडौं – अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘भूत बंगला’ले बक्स