उपसभामुख चयनको लागि सभामुखले मिति तोक्दै | Khabarhub Khabarhub

उपसभामुख चयनको लागि सभामुखले मिति तोक्दै


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधि सभाको उपसभामुख पदका लागि चुनाव हुने भएको छ।

सभामुख अग्निप्रसाद सापकोटाले आजको प्रतिनिधिसभाको बैठकमा उपसभामुख पदको निर्वाचन मिति र समय तोक्ने जनाइएको छ।

२०७६ माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाम्फेले राजीनामा गरेपछि प्रतिनिधि सभामा उपसभामुख पद रिक्त छ ।

सभामुख र उपसभामुख एउटै दलले लिन नपाउने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभाको उपाध्यक्ष पद पनि रिक्त छ।

मंगलबारको राष्ट्रिय सभाको बैठकमा सांसद् वामदेव गौतमले उपसभामुख र उपाध्यक्ष पदमा महिला चयन हुनुपर्ने भएकाले नै सरकार र राजनीतिक दलको ध्यान नपुगेको बताएका थिए। प्रतिनिधिसभाको बैठकमा पनि सांसद्‍हरुले उपसभामुख र उपाध्यक्ष चयन हुन नसकेको भन्दै आवाज उठाउँदै आएका छन् ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ११ : २९ बजे

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक