निजी समारोहमा कति शुल्क लिन्छन् सेलेब्स ?  « Khabarhub

निजी समारोहमा कति शुल्क लिन्छन् सेलेब्स ? 


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड सेल्बेसको फ्यानहरु अधिक छन् । यसैले गर्दा उनीहरूको डिमाण्ड धेरै नै हुने गर्छ । दर्शकको मनमा राज गर्न सफल भएकै कारण उनीहरू खोजीमा पर्छन् । दर्शकको मायाका कारण बनेको स्टारडमले उनीहरूका लागि आम्दानीको श्रोत समेत हो । उनीहरूले फिल्ममा मात्र नभई बाहिरी जीवनमा समेत विभिन्न मध्यमबाट आम्दानी गर्ने गरेका छन् ।

उनीहरूले व्यक्तिगत इभेन्टमा समेत सहभागिता जनाउने गरेका छन् । यद्यपि निजी समारोहमा पफर्मेन्स गरेको शुल्क उनीहरूले राम्रै लिने गरेका छन् । बलिउडका बादशाह अर्थात् शाहरुख खानले विवाह पार्टीहरूमा पनि धेरै सहभागिता जनाउने गरेका छन् । शाहरुखले बर्थ डे पार्टी, बिहे वा अन्य कुनै पनि निजी समारोहमा डान्स गरेबापत करिब ३ करोड (भारु) लिने गर्छन् । पछिल्लो समय उनको आम्दानीको श्रोत पनि यस्तै थियो । पब्लिक इभेन्ट झैँ व्यक्तिगत इभेन्टको लागि उनी हिच्किदाउदैनन् ।

शाहरुख झैँ स्टारडम् भएका कलाकार हुन् सलमान खान । उनीहरूको फ्यानको बीचमा को बढी पपुलर भनेर बेलाबखतमा विवाद समेत हुने गरेको छ । केही समय आपसी बोलचाल समेत बन्द गरेका शाहरुख र सलमान बलिउडमा मिल्ने साथी पनि हुन् । सलमानको सहयोगी भावले नै शाहरुखलाई दुस्मनी भुलाउन मदत गरेको थियो ।

रिपोर्टका अनुसार सलमानले पार्टी वा निजी समारोहमा डान्स गरेबापत करिब २ करोड (भारु) लिन्छन् । साथै , उनको सर्तहरू समेत हुन्छन् । उनी आफ्नो काम बाहेक अन्य कुरामा तयार हुँदैनन् । बलिउडमा डान्स र एक्सनको कारण चर्चामा आउने ऋतिक रोशनको डिमाण्ड पनि उस्तै छ ।

हाइ सोसाइटीका व्यक्तिहरू आफ्नो स्टारको प्रस्तुति लाइभ हेर्न आतुर हुन्छन् । उनीहरू त्यसको लागि नै भारी पारिश्रमिक समेत तिर्ने गर्छन् । रिपोर्टका अनुसार ऋतिक रोशनले एक प्राइभेट पार्टीमा डान्स गरेको करिब २.५ करोड (भारु) लिन्छन् ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  १ : ४४ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा