साउथका प्रतिक्षित फिल्महरु | Khabarhub Khabarhub

साउथका प्रतिक्षित फिल्महरु


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो समय साउथ इन्डियन फिल्महरूको क्रेज बढ्न थालेको छ । बाहुबली सिरिज मार्फत साउथ इन्डियन फिल्म तर्फ आकर्षित भएका दर्शकहरूलाई थप आकर्षण बन्यो केजीएफ र पुष्पाले । गत वर्ष सन् २०२१ को डिसेम्बरमा रिलिज भएको फिल्म पुष्पापछि साउथ फिल्महरू सिधै हिन्दीमै रिलिज हुन् थाले ।

साउथ प्रदर्शन भइसकेको फिल्मलाई हिन्दी राइट्स लिएर डबिङ गरेर प्रदर्शन गर्ने प्रचलन पछिल्लो समय लगभग कम भएको छ । अब फिल्महरू एकै डेटमा हिन्दीमा समेत प्रदर्शन हुन् थालेका छन् । सुकुमार निर्देशित फिल्म ‘पुष्पा’ मा अल्लु अर्जुन र रश्मिका मन्दनाको अभिनय रहेको थियो ।

फिल्मको डायलग र प्रस्तुतीकरणलाई दर्शकले रुचाए । पुष्पाले बनाएको दर्शकलाई बाहुबली सिरिजबाट साउथ इन्डियन फिल्मको स्वाद विश्वभरका दर्शकलाई चखाउन सफल निर्देशक एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ प्रदर्शनमा आयो । यो फिल्मले नन होलिडेमा आक्रामक व्यापार गर्‍यो । निर्देशक राजामौलीले ‘बाहुबली’ सिरिज पश्चात् निर्देशन गरेको मात्र नभई साउथका दुई स्टार जुनियर एन्टीआर र राम चरणको अभिनय रहेकाले पनि फिल्म ‘आरआरआर’ आक्रामक कमाइ गर्‍यो ।

फिल्मले गर्ने व्यापारसँगै दर्शकको जितेको विश्वासलाई कायम गर्‍यो ‘केजीएफ : च्याप्टर २’ ले । आरआरआर हेरेर पुनः हल फर्किएका दर्शकलाई केजीएफको सिक्वेलले निराश बनाएन । पहिलो च्याप्टर गुमनाम तरिकाले प्रदर्शनमा आएता पनि दोस्रो च्याप्टरले इनिसियल व्यापार निकै गर्‍यो । ‘केजीएफ’ सिरिज मार्फत यश कन्नडा फिल्मबाट भारतकै स्टार बने । यी प्रदर्शन भइसकेका फिल्महरू बाहेक पनि केही फिल्म छन् । जसले आउँदा दिनमा साउथ इन्डियन फिल्मको दबदबा झनै बढ्ने देखिन्छ ।

बाहुबली सिरिज मार्फत सुपरस्टार बनेका अभिनेता हुन् प्रभास । पछिल्लो फिल्म ‘राधे श्याम’ फ्लप भएता पनि उनी अभिनीत फिल्महरू आदिपुरुष , सलार , प्रोजेक्ट के लगायत प्रतीक्षित छन् । ओम राउतले निर्देशन गरेको फिल्म ‘आदिपुरुष’ मा कृति सेनन र सैफ अली खानको पनि मुख्य भूमिका रहने छन्। प्रशान्त नीलको निर्देशनमा तयार भइरहेको सलारमा प्रभासले श्रुति हसनसँग स्क्रिन सेयर गरेका छन् । यस्तै नाग आश्विनको निर्देशनमा तयार भइरहेको फिल्म ‘प्रोजेक्ट के’ मा उनले अमिताभ बच्चन र दीपिका पादुकोणसँग स्क्रिन सेयर गरेका छन् । यी फिल्महरू मार्फत प्रभास निकै प्रतीक्षामा छन् ।

फिल्म ‘अर्जुन रेड्डी’ मार्फत एकाएक चर्चामा आएका अभिनेता हुन् विजय देवरकोण्डा । त्यसपश्चात् उनले अभिनय गरेको फिल्महरू गीता गोविन्दम , डियर कमरेडले पनि उनलाई चर्चामा ल्यायो । यिनै विजयले बलिउडमा डेब्यु गरेको हो ,’लाइगर’ । पुरी जगन्नाथको निर्देशनमा तयार भइरहेको फिल्म एक्सन र थ्रीलर रहनेछ । फिल्ममा अनन्या पाण्डे, रोनित रोय, राम्या कृष्णनको पनि अभिनय छ।

पुष्पा मार्फत साउथ फिल्मबाट बाहिर निस्किएर आफ्नो स्टारडम प्रस्ट्याएका अभिनेता हुन् अल्लु अर्जुन । पुष्पा हेरेका दर्शकले सिक्वेल ‘पुष्पाः द रुल’ को प्रतिक्षा गरिरहेका छन् । फिल्मको प्रदर्शन आउँदो वर्ष हुने अनुमान गरिएको छ । नायक, रोबोर्ट, आइ जस्ता फिल्म निर्देशन गरेका निर्देशक शंकरले राम चरणलाई लिएर फिल्म निर्देशन गरिरहेका छन् । फिल्मको टाइटल अझैँ राखिएको छैन । यस फिल्मलाई लिएर पनि दर्शक प्रतीक्षित छन् । ‘रोबर्ट : २.०’ पश्चात् निर्देशक शंकरले सुरु गरेको प्रोजेक्ट यहि हो । फिल्मको कथावस्तु केही बताइएको छैन भने यसमा कियारा अड्वानी पनि मुख्य भूमिकामा छिन् ।

जुनियर एन्टीआरको आउँदो दुई फिल्मको प्रतीक्षा दर्शकलाई । उनले निर्देशक कोरतोला शिवा र प्रशान्त नीलको आउँदो फिल्ममा काम गर्दैछन् । यी दुवै फिल्मको बारेमा अन्य केही खुलाइएको छैन । यद्यपि थ्रीलर र एक्सन जनरामा फिल्म बन्ने बताइएको छ । तीन सय करोडभन्दा बढी लागतमा निर्माण हुने फिल्मको छायांकन यसै वर्ष सुरु हुने बताइएको छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ३ : ०८ बजे

एसिया कप खेल्ने एपिएफका खेलाडीको बिदाइ

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले महिला टी–२० एसिया कपमा

विश्व खाद्यान्न मूल्य जुनमा स्थिर : एफएओ

रोम – विश्व खाद्यान्नको मूल्य जुनमा स्थिर रहेको संयुक्त राष्ट्रसङ्घीय

भारतबाट अवैध रुपमा ल्याउँदै गरेको कुखुराका चल्ला बरामद

रौतहट – रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले ठूलो परिमाणमा

विश्वासको मत लिँदा ओलीलाई छेक्न सक्लान् प्रचण्डले ?

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते संसद्बाट

आजका समाचार : असार २८ मा विश्वासको मत, गोर्खा मिडियामा ६३ करोड ऋण

प्रधानमन्त्री भन्छन्- राजनीतिमा उतारचढाव भइरहन्छ, विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर