‘हामीले आफ्नो कथा भन्नु पर्छ’ « Khabarhub

‘हामीले आफ्नो कथा भन्नु पर्छ’


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता खगेन्द्र लामिछाने निर्देशित फिल्म ‘पानीफोटो’ आउँदो साउनको दोस्रो साताबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा उनी कलाकारसँगै लेखक र निर्देशकको रुपमा छन् । उनले यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । माओवादी युद्धमा रहेको समयको एउटा कथा उनले फिल्ममा देखाउदै छन् । आफैँ लिखित नाटकलाई उनले फिल्मको स्वरूप दिएका हुन् । 

उनले आफू निर्देशनमा आउनुको कारण सपना रहेको बताएका छन् ।‘लेखक र कलाकार हुँदा हुँदै किन निर्देशक बनेको रु धेरैले सोध्नु हुन्छ । तर, एउटा फिल्म भए पनि निर्देशन गर्ने मेरो सपना थियो । र, सपनाको जवाफ हुँदैन‘ खगेन्द्रले भने । ‘फिल्ममा माओवादी युद्धको समयमा झन्डै डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा-आमाको कथालाई दर्शक माझ लिएर आएका छौँ’ उनले भने ।

उनले द्वन्द्वको समयको धेरै कथाहरू भन्न बाँकी रहेको समेत बताए । ‘हाम्रो आफ्नै कथाहरू धेरै छन् । जसलाई भन्न जरुरी छ । त्यसैले हामीले हाम्रो समाजमा घटेको , भोगेको कथालाई देखाउने योजना अनुरूप फिल्मसम्म ल्याएका हौँ’ उनले भने । ‘पानीफोटो’ दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ कै अनुरुपण गरिएको फिल्म हो । स्वयम् खगेन्द्रले आफू लिखित नाटकलाई फिल्मको स्वरूप दिएका हुन् । फिल्ममा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ, अजस्र ढुङ्गाना, कमल देवकोटा, अनोज पाण्डे, अनिल पाण्डे, नवराज गिरी, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।

द्वन्द्वले देश र समाज पारेको असर भनौँ वा त्यो समयको कथा मार्फत परिवेशलाई देखाएको खगेन्द्रले बताए । ‘फिल्म द्वन्द्वमा केन्द्रित छैन । त्यो समयमा हजारौं मानिसको मृत्यु भयो, हजारौं बेपत्ता भए । यो कुराले अहिले पनि हामीलाई नरमाइलो लाग्छ । ती मध्ये एक परिवारको द्वन्द्वको भोगाइ हो ‘पानीफोटो’ उनले भने । उनी हिजोबाट आज र भोलिलाई सिकाइ हुने बताउँदै यी कथाहरू भन्न आवश्यक रहेको बताउँछन् । 

टलकजंग भर्सेस टुल्के मार्फत फिल्म अभिनयमा भित्रिएका खगेन्द्रले पशुपति प्रसाद, धनपति हुँदै डमरुको डण्डीवियोसम्म आइपुग्दा आफूलाई  ‘भर्सटायल अभिनेता’ को रुपमा परिचित गराइसकेका खगेन्द्र निर्देशित फिल्म ‘पानीफोटो’ साउन १३ मा रिलिज हुँदैछ । फिल्मको छायांकन काठमाडौँसँगै बर्दिया, रोल्पा र स्याङ्जा गरिएको छ । दीपक बज्राचार्यको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठसँगै अर्जुन कार्कीको सम्पादन रहेको छ । यसमा पुष्पा संगमको पार्श्व संगीत रहेको छ भने प्रोडक्सन हेडको रुपमा शंकर पाण्डे रहेका छन् ।

‘पशुपति प्रसाद’ र ‘धनपति’ जस्ता खाँटी नेपाली स्वाद बोकेका सफल फिल्म निर्माण गरेको टुकी आर्ट्सले यस फिल्म निर्माणमा मञ्जुश्री फिल्म्ससंग सहकार्य गरेको छ । फिल्ममा लेखन पनि खगेन्द्रकै रहेको छ भने यसमा चिफ एडीको रुपमा अनिल खड्का रहेका छन् । फिल्मलाई रोजिना सिटौला र रवीन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ४ : २८ बजे

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा

बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा मृत्यु 

काठमाडौं– बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा

सुर्खेतमा दुई दिन कुरेर सिलिन्डर भर्छन् उपभोक्ता

कर्णाली– सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी– बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन