अनाथालयमा ठगी गरेको आरोपमा एक जना पक्राउ | Khabarhub Khabarhub

अनाथालयमा ठगी गरेको आरोपमा एक जना पक्राउ


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा  –अनाथ तथा असहाय बालबालिकाको नाममा ठगी धन्दामा गरेको पाइएको छ । बाराको निजगढ नगरपालिका- ७ मा रहेको संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाजले ठगी धन्दा गर्दै आएको पाइएको हो ।

अनाथालयको नाममा सहयोग माग्दै ठगी गरेको आरोपमा बारामा प्रहरीले एक जना पक्राउ गरेपछि ठगी भएको खुलेको हो । प्रहरीले जिल्लाको निजगढ नगरपालिका–७ मा सञ्चालित रहेको अनाथालयका सञ्चालक बताउने मनहरी गाउँपालिका–७ घर भएका २८ वर्षीय पासाङ रुम्बा पक्राउ परेका हुन् । पक्राउ रुम्बाबाट संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाजको सहयोग रसिद समेत फेला परेको छ ।

समाजले रोजगारी दिने भन्दै विभिन्न सहरका किशोरीहरूलाई प्रयोग गरेर नेपालका विभिन्न सहर बजारबाट रकम संकलन गर्न लगाउने कार्यमा संलग्न भएको भन्दै इलाका प्रहरी कार्यालय निजगढले रुम्बालाई पक्राउ गरेको हो ।

कर्मचारीको रूपमा भर्ना गरिएका बारा निजगढ नगरपालिकाका २ सहित ८ जना किशोरीहरूलाई विभिन्न जिल्लामा पठाएर रुम्बाले अनाथ बालबालिकाको सहयोगको लागि भन्दै रकम संकलन गर्न लगाउने र सो रकम आफन्तको नाममा पठाउने गरेको प्रहरीले बताएको छ ।

संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाजमा कर्मचारी आवश्यकता रहेको जानकारी पाएपछि करिब २ महिना अघि सुनसरी, रामधुनी नगरपालिका २ की मनीषा कार्की मासिक १५ हजार तलब दिने सर्तमा यस संस्थामा आबद्ध भइन् ।

‘बस्न खान दिएर मासिक १५ हजार दिने भनी एनजिओमा कर्मचारी माग भएको सूचना अनुसार म यस संस्थामा आबद्ध भएको थिए तर हामीलाई प्रयोग गरेर अनाथ तथा असहाय बालबालिकाको नाममा संकलन भएको रकमको दुरुपयोग भएको रहेछ,’ उनले भनिन्, ‘हामीलाई दैनिक २१ सय रुपैयाँ संकलन गर्न लक्ष्य दिएको थियो र यो संकलन भएको रकमले अनाथ तथा असहाय बालबालिकालाई पठाउने, अनाथालय बनाएर राख्नेभन्दै रकम संकलन गर्न लगाउँदै आएका थिए । तर, हामीलाई झुक्काएर ठगी गरेको प्रहरीले सञ्चालकलाई पक्राउ गरेपछि बल्ल मैले थाहा पाए ।’

किशोरीहरूलाई मासिक १५ हजार रुपैयाँ तलब दिने सर्तमा एक महिनाअघि संस्थामा भर्ना गरिएको थियो । उनीहरूलाई संस्थाको नाम र लोगो अंकित पोसाक र परिचय पत्रसमेत प्रदान गरिएको छ । संस्थाको गतिविधिबारे शंकालागेपछि किशोरीका अभिभावकहरूले दिएको सूचनाको आधारमा प्रहरीले कार्यालयमा छापा मारेर कागजातसहित रुम्बालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सञ्जीव ओलीले जानकारी दिए ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ७ : ३४ बजे

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको