दाइजो प्रथाविरुद्ध ‘युगारम्भ’  « Khabarhub

दाइजो प्रथाविरुद्ध ‘युगारम्भ’ 


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दाइजो नपाउँदा होस् वा कम भएका कारण, मधेसमा विवाहित छोरीहरू जिउँदै जल्नुपर्ने अवस्था अझै पूर्ण हट्न सकेको छैन । त्यति मात्रै होइन मानसिक र शारीरिक पीडा खप्दै वर्षौँसम्म डिप्रेसनका बिरामी भएका छोरीहरू पनि छन् । विजय खरेलको हालै प्रकाशित उपन्यास ‘युगारम्भ’ दाइजो प्रथाविरुद्ध दुई छोरीले समाजमा भरेको चेतना र परिवर्तनको चित्रण हो ।

विवाह गर्न बाँकी किशोर गुप्ताका दुई छोरीले दाइजो प्रथाविरुद्ध गरेको संघर्ष र त्यसमा अभिभावकले दिएको साथ उदाहरणीय छ । त्यसमा उनीहरूको शैक्षिक चेतना पनि थप कारक देखिन्छ । सक्षम भइसकेपछि मात्रै विवाहका लागि तयार हुनुपर्छ तर अभिभावकको दबाबमा होइन कि आफ्नो रोजाइ नै सबैभन्दा ठूलो खुसी हो भन्ने सन्देश उपन्यासले दिएको छ ।

मैथिली स्वादमा प्रस्तुत उपन्यासको कथा सरल रेखामा बढिरहँदा पाठकमा अब के होला भन्ने हुटहुटी भइरहन्छ । बिहे गर्न ढिलो भइसक्यो भन्ने आमाको चिन्ताका बीच छोरीहरूले कसरी फरक भूगोल र समुदायका दुलाहा रोज्छन् र त्यसलाई अन्तः समाजले कसरी साथ दिन्छ । उपन्यासले नयाँ बहस सिर्जना गराउँछ ।

‘यो पुस्तक लेख्ने जमर्को गर्दा हाम्रो मुलुकको तराई भाग आन्दोलित थियो । मलाई लाग्यो, राजनीतिक समस्या त विभिन्न रूपले सत्ताको द्वन्द्वबाट उब्जिने व्याधि हो । राजनीतिक समस्याको राजनीतिक रूपले नै सधैँ दिगो समाधान निस्कन सक्दैन । एउटै भूगोल र एउटै राष्ट्रियता भएपछि यसको समाधान त बरु सांस्कृतिक रूपले नै दिगो हुन सक्ला । यसैले नै राष्ट्र बलियो पनि बन्छ । यसै कुरामा पत्यार लागेर किताब लेख्न वैचारिक दिशानिर्देश भयो,’ लेखक विजय खरेलले भने ।

२००३ सालमा जन्मिएका खरेल कविता, काव्य, कथा, निबन्ध, एकाङ्कीजस्ता विभिन्न विधामा कलम चलाउँछन् । उनले २०६४ सालदेखि लेखन कार्य सुरु गरेको हुन् । हालसम्म उनका १० भन्दा बढी कृति प्रकाशित छन् । वी रिडले प्रकाशन गरेको २१६ पृष्ठको उपन्यासको मूल्य ४७५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ८ : ०४ बजे

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले

सहमतिका लागि गगन–विश्व समूहले राख्यो देउवाको राजीनामासहित यी तीन शर्त

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा

विशेष महाधिवेशन विवाद : कांग्रेस वार्ता समितिको छलफल देउवा निवासमा

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,