पार्टी नेतृत्वको सरकारलाई थप प्रभावकारी बनाउन सुझाव « Khabarhub

पार्टी नेतृत्वको सरकारलाई थप प्रभावकारी बनाउन सुझाव


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वको सरकारलाई थप प्रभावकारी बनाउन सुझाव दिएका छन् ।

पार्टी कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा उनीहरुले सरकारको समिक्षा गर्दै थप प्रभावकारी बनाउन सुझाव दिएका हुन् ।

सभापतिको नेतृत्वको सरकारले स्थानीय सरकार शान्तिपूर्ण रुपमा सम्पन्न भएको, कोरोना महामारीको व्यवस्थापन गर्न सफल भएको, भ्रष्टाचार राकिएको र ओली सरकारको ज्याजती रोकिएको केन्द्रीय सदस्यहरुले धारणा राखेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

त्यस्तै महङ्गी बढ्दै गएको, मलखाद उपलव्ध गराउन नसकेको लगायतका बिषयमा सरकार क्रियाशिल हुनुपर्ने सुझाव पनि आएको उनले । त्यस्तै आगामी निर्वाचनमा आवश्यकता अनुसार बिभिन्न स्थानमा तालमेल गर्नुपर्ने सुझाव पनि आएको उनले बताए ।

पार्टीका भातृ तथा सुभेच्छुक संस्थाहरुलाई पूर्णता दिएर क्रियाशिल गराउनुपर्ने सुझावहरु पनि आएको प्रवक्ता महतले बताए । उनले केन्द्रीय सदस्यहरुले राखेका प्रश्नको जवाफ दिएर बिहीबार नै बैठक समापन गर्ने तयारी रहेको जानकारी दिए ।

बैठकमा बैठकमा डा. शेखर कोइराला पक्षका नेताहरुले सभापति शेरबहादुर देउवाको कार्यशैली र सरकारको आलोचना गरेका थिए भने त्यस्तै संस्थापन पक्षले डा. शेखर कोइराला पक्षले पार्टी नेतृत्वविरुद्ध गुटबन्दी गरेको आरोप लगाएका थिए । केन्द्रीय कार्यसमितिको बैठक बिहीबार पुन बस्ने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ९ : ३६ बजे

लेबनानमा इजरायली आक्रमण, कम्तीमा ३१ जनाको मृत्यु

बेरुत- इरानपछि इजरायलले लेबनानमा पनि बमबारी थालेको छ। समाचारअनुसार लेबनानमा

इरानको अडान : ‘अमेरिका फर्स्ट’को नारा ‘इजरायल फर्स्ट’ भइसक्यो, अब वार्ता हुँदैन

वासिङ्टन- इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारीजानीलेले अमेरिकासँग कुनै

सल्यानमा रास्वपाको चुनावी प्रचारमा प्रयोग गरिएको गाडीबाट मदिरा र चामल नियन्त्रणमा 

सल्यान– सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारप्रसारमा संलग्न

सूर्यमा चित्त नबुझे तारामा भोट हाल्न एमाले नेताको आह्वान

काठमाडौं– नेकपा (एमाले)का नेता तथा गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर

म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा

म्याग्दी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको म्याग्दीमा