कांग्रेस बैठक जारी, भोलि पुनःबस्ने « Khabarhub

कांग्रेस बैठक जारी, भोलि पुनःबस्ने


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको सोमबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक जारी छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकमा आज केन्द्रीय सदस्य प्रकाशमान सिंह, डा रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, दिलेन्द्रप्रसाद बडू, एनपी साउद, ईश्वरी न्यौपाने, केशवकुमार बुढाथोकी, गोविन्द भट्टराई, सरिता प्रसाइँ, बहादुरसिंह (लामा) तामाङ, लक्ष्मी परियार, रामजनम चौधरी, कल्पना चौधरी, यज्ञराज जोशी, महेन्द्रकुमार राय र सञ्जयकुमार गौतमले आफ्ना धारणा व्यक्त गरेका थिए ।

यसैगरी बैठकमा केन्द्रीय सदस्य आङ्गेलु शेर्पा, प्रदीपकुमार सुनुवार, अब्दुल सत्तार, राजीव ढुङ्गाना, राजीवविक्रम शाह, डा चन्द्रमोहन यादव, चम्पादेवी खड्का, ई मोहन आचार्य, मुक्ताकुमारी यादव, सरस्वती अर्याल तिवारी, जावेदा खातुन जागा, हरिशरण नेपाली, नगिना यादव, अजयबाबु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, भीम पराजुली, कान्तिका सेजुवाल, गणेश लामा, रुपा विक, विद्यादेवी तिमिल्सिना र जीवन रानाले आआफ्नो धारणा राखेका थिए ।

केन्द्रीय कार्यसमितिको बैठक असार ३० गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनःबस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ११ : ०७ बजे

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज