विश्व इतिहासमा आज : बर्लिन वालको निर्माण सुरुदेखि सेन्ट्रल अफ्रिकन रिपब्लिक स्वतन्त्रसम्म « Khabarhub

विश्व इतिहासमा आज : बर्लिन वालको निर्माण सुरुदेखि सेन्ट्रल अफ्रिकन रिपब्लिक स्वतन्त्रसम्म


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल साउन २८ गते शनिबार । सन् २०२२ को अगस्ट १३ तारिख । यस्ता छन् आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही महत्त्वपूर्ण घटनाक्रम :

सन् १९९३ अगस्ट १३ मा संयुक्त राज्य अमेरिकाको पुनरावेदन अदालतले तत्कालीन कङ्ग्रेस, ह्वाईट हाउस र संघीय संस्थाहरुले इ–मेल सेभ गर्नु पर्ने निर्णय गरेको थियो ।

सन् १९८९ अगस्ट १३ मा इथियोपियाको पहाडी इलाकामा मानवीय मिसनमा गएका संयुक्त राज्य अमेरिकाका मिकी लेल्यान्ड र अन्य व्यक्तिहरु सवार विमान दुर्घटनामा परेको थियो । सो दुर्घटनामा सबैको ज्यान गएको थियो ।

सन् १९६१ अगस्ट १३ मा बर्लिन वालको निर्माण सुरु भएको थियो । जर्मन लोकतान्त्रिक गणतन्त्र वा पूर्वी जर्मनीले पूर्व बर्लिन र पश्चिम बर्लिनलाई विभाजन गर्ने सो पर्खालको निर्माण सुरु गरेको थियो ।

सन् १९६० अगस्ट १३ मा सेन्ट्रल अफ्रिकन रिपब्लिकले फ्रान्सबाट स्वतन्त्रता प्राप्त गर्‍यो । सन् १९ औँ शताब्दीको अन्त्यतर्फ फ्रान्सले सो राष्ट्रलाई कब्जा गरेको थियो । राष्ट्रवादी राजनीतिज्ञ बार्थेलेमी बोगान्डाले स्वतन्त्र घोषणा गर्दै पहिलो प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

सन् १९१८ अगस्ट १२ मा ओफा मे जन्सन संयुक्त राज्य अमेरिका मरिनमा जोडिने पहिलो महिला बनिन् । भर्जिनियाको आर्लिङ्टनमा भएको मराइन कार्पसको मुख्यालयले उनलाई डेस्कको जिम्मेवारी सुम्पिएका थिए ।

सन् १९४८ अगस्ट १३ मा बर्लिन एयरलिफ्टको क्रममा बर्लिनको मौसम तुफानी भएसँगै अमेरिकी प्लेनलाई राहत सामाग्री वितरण गर्न समस्या भएको थियो । यस दिनलाई ‘ब्ल्याक फ्राइडे’ मानिएको थियो ।

सन् १९१० अगस्ट १२ मा क्रिमिया युद्धको दौरान बेलायती सिपाहीको स्याहार गर्ने प्रसिद्ध  बेलायती नर्स फ्लोरेन्स नाइटिङ्गलको मृत्यु भएको थियो ।

सन् १८९९ अगस्ट १३ मा बेलायती निर्देशक र निर्माता अल्फ्रेड हिच्कक्को जन्म भएको थियो । ६ दशकको चलचित्र जीवनमा उनले ५० फिचर फिल्मको निर्माण गरेका थिए । उनलाई ‘मास्टर अफ सस्पेन्स’ को उपनाम दिइएको थियो ।

सन् १८८९ अगस्ट १३ मा कनेक्टिकटको हार्टफोर्डका विलियम ग्रेले सिक्काद्धारा सञ्चालन हुने टेलिफोनको प्याटेन्ट प्राप्त गरे । यसपश्चात उनले ‘ग्रे टेलिफोन पे स्टेसन कम्पनी’ को स्थापना गर्दै आफ्नो आविष्कारको बजारीकरण गरे ।

सन् १९९७ अगस्ट १३ मा साउथ पार्क नामक अमेरिकी यानीमेटेड सिरिजको प्रसारण कमेडी सेन्ट्रलमार्फत सुरु भयो । ट्रे पार्कर र म्याट स्टोनको संयुक्त निर्माणमा बनेको प्रसिद्ध सिरिज विवादित विषयको उठान र भाषा शैलीका कारण ओलोचनमा परेको थियो । सो सिरिजले ‘आउस्ट्यान्डिङ् यानीमेटेड प्रोग्राम’ अन्तर्गत सन् २००५, २२०७, २००८, २००९ र २०१२ मा एम्मी अवार्ड जितेको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ७ : ३६ बजे

पाकिस्तानमा पोलियो सङ्क्रमण आधा घट्यो

एजेन्सी– पाकिस्तानले सन् २०२५ मा पोलियोका घटनाहरू अघिल्लो वर्षको तुलनामा

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले वर्तमान राजनीतिक

बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम

नेपालगन्ज– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

थाइल्यान्डद्वारा १८ जना कम्बोडियाली सैनिक रिहा

एजेन्सी– दुई राष्ट्रहरू बिचको नयाँ युद्धविरामले उनीहरूको विवादित सीमामा लामो