चीनमा फेरि नयाँ भाइरस | Khabarhub Khabarhub

चीनमा फेरि नयाँ भाइरस


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वैज्ञानिकहरूले पूर्वी चीनमा अर्को जनावरबाट उत्पादन हुने भाइरस फेला पारेका छन्। यो भाइरसबाट कम्तीमा सात दर्जन मानिस संक्रमित भएको जनाइएको छ। साङडोग र हनान प्रान्तमा ३५ जना नोभल लाङ्गा हेनीपा भाइरस (लेभी) बाट संक्रमित भएका छन्।

धेरैलाई ज्वरो आउने, थकाइ लाग्ने र कफ आउने जस्ता समस्या देखिएका छन्। यी भाइरस जनावरबाट मानिसमा सरेको पुष्टि भए पनि मानिसबाट मानिसमा सर्छ या सर्दैन भन्ने अझै यकिन भएको छैन। तर, सर्ने सम्भावना नगण्य मानिएको छ।

वैज्ञानिकले पूर्वी चीनमा अर्को जनावरबाट उत्पादन हुने भाइरस फेला पारेका छन्। यो भाइरसबाट कम्तीमा सात दर्जन मानिस संक्रमित भएको जनाइएको छ।

चीन, अस्ट्रेलिया र सिंगापुरमा वैज्ञानिकले अध्ययन गरेर पत्ता लगाएका यी तथ्य न्यु इङ्गल्यान्ड जर्नलमा प्रकाशित भएको छ। रिसर्चमा संलग्न सिंगापुरको ड्युक मेडिकल स्कुलका वाङ लिन्फाले चीनबाट प्रकाशित हुने ग्लोबल टाइम्समा जनाए अनुसार अहिलेसम्म लेभी सङ्क्रमितमा धेरै कडा लक्षण नदेखिएका कारण आत्तिनु पर्ने अवस्था छैन।लिन्फा यो घातक नदेखिए पनि जनावरबाट मानिसमा एक पछि अर्को भाइरस निश्चित समयको अन्तरालमा देखिने थालेपछि यसबाट हामी सबै सतर्क हुनु पर्ने बताउँछन्।

यो सङ्क्रमण स्रयुमा देखिएको छ। वैज्ञानिकले जनाए अनुसार त्यस क्षेत्रमा परीक्षण गरिएका स्रयु मध्य २७ प्रतिशतमा यो समस्या देखिएको हो। ती वैज्ञानिकले जङ्गलमा बस्ने यस्ता स्तनधारी जनावर नै भाइरसका मुख्य श्रोत हुन सक्ने बताउँछन्। त्यस क्षेत्रमा परीक्षण गरिए मध्यका ५ प्रतिशत कुकुर र २ प्रतिशत बाख्रा पनि सङ्क्रमित भेटिए।

रिसर्चमा संलग्न सिंगापुरको ड्युक मेडिकल स्कुलका वाङ लिन्फाले चीनबाट प्रकाशित हुने ग्लोबल टाइम्समा जनाए अनुसार अहिलेसम्म लेभी सङ्क्रमितमा धेरै कडा लक्षण नदेखिएका कारण आत्तिनु पर्ने अवस्था छैन।

ताइवानको रोग नियन्त्रण केन्द्रले यो भाइरसको उत्पत्तिसँगै सतर्कता अपनाइएको जनाएको छ। लेभी हेनीपा भाइरसको एउटा प्रकार हो। यो जोनोटीक भाइरसकै एउटा वर्ग हो। यस वर्ग अनुसार यो जनावरबाट मानिसमा सर्न सक्छ।

जोनोटीक भाइरसलाई सामान्य रूपमा लिने गरिन्थ्यो। पछिल्लो समय कोरोना भाइरसका कारण यसलाई सावधानी र सतर्कतापूर्वक लिइन थालिएको हो। अमेरिकाको रोग नियन्त्रण केन्द्र (सिडीसी) ले प्रत्येक चार मध्यका तीन सङ्क्रामक भाइरस जनावरबाटै आउने गरेको जनाएको छ।

संयुक्त राष्ट्र संघले यस अगाडि नै जङ्गली जनावरमा भएको वृद्धि र जलवायु परिवर्तन कारण जोखिम बढेको जनाइसकेको छ। केही जोनोटीक भाइरस मानिसमा सिधै देखा पर्न पनि सक्छ। यी नै मध्यको एसियामा पाइने निफ भाइरस पनि हो। यो आवधिक रूपमा जनावरबाट मानिसमा सर्ने गर्छ। यसै गरी हेन्ड्रा भाइरस पहिलो पटक अस्ट्रेलियाको घोडामा पाइएको थियो। लोखर्के, मुसा र चमेरोमा अन्य यस्ता थुप्रै भाइरस पनि हुनसक्ने छन्। जोनोटीक रोगहरू भाइरस, ब्याक्टेरिया, प्यारा साइट र फंगीबाट हुनसक्छ। अहिले भेटिएका भाइरस भन्दा अगाडि पनि कोभिड–१९ मात्र होइन, स्वाइन फ्लु र सार्स जस्ता सङ्क्रमणले संसारलाई अत्याइ सकेको थियो।

यो अध्ययन अनुसार एक मानिसबाट अर्को मानिसमा सर्ने कारण र जनावरबाट मानिसमा सर्ने कारण उस्तै हो। थुक, रगत, योनी रस र पसिना लगायतबाट भाइरसहरू जनावरबाट मानिसमा सर्ने गरेका छन्।

पछिल्लो समय वैज्ञानिकले जनावरबाट मानिसमा कसरी सर्छ भनेर पनि अध्ययन गरेका थिए। यो अध्ययन अनुसार एक मानिसबाट अर्को मानिसमा सर्ने कारण र जनावरबाट मानिसमा सर्ने कारण उस्तै हो। थुक, रगत, योनी रस र पसिना लगायतबाट भाइरसहरू जनावरबाट मानिसमा सर्ने गरेका छन्।

पछिल्लो दुई दशक संसारलाई आक्रान्त पार्ने कोरोना भाइरस त चीनको हुवान प्रान्तबाट आएको पुष्टि भइसकेको छ। १९८० को आसपासदेखि मानव जीवनलाई अत्याइ रहेको एचआइभी भाइरस पनि जनावरबाट आएको थियो। यसैगरी सार्सले पनि मानिसलाई त्यसरी नै सताएको थियो। केही समयदेखि युरोपेली देश र अमेरिकालाई मन्कीपक्सले त्यत्तिकै सताएको छ।

अहिले चर्चा गरिएको लाङगा हेनीपा पहिलो पटक सन् २०१८ मै देखिइ सकेको जनाइएको छ। साङडाङको एक किसान ज्वरो आएर अस्पतालमा उपचार गराउन आएका थिए। त्यसपछि फेला परेका अन्य ३४ जना पनि किसान नै हुन्। योसँगै हेनीपा भाइरस परिवारका अन्य चार भाइरस पनि रहेका छन्। केही हेनीपा भाइरसको उच्च मृत्यु दर भएका कारण आत्तिनु पर्ने अवस्था छ भने यो भाइरस भने फरक छ। लाङगाबाट अहिलेसम्म कुनै पनि व्यक्तिको ज्यान नजानु नै सबैभन्दा सकारात्मक कुरा हो। यसको असर बढी देखिएमा र मान्छेलाई गलाएमा मिर्गौला र कलेजोमा पनि असर भने गर्न सक्नेछ।

अहिले चर्चा गरिएको लाङगा हेनीपा पहिलो पटक सन् २०१८ मै देखिइ सकेको जनाइएको छ। साङडाङको एक किसान ज्वरो आएर अस्पतालमा उपचार गराउन आएका थिए। त्यसपछि फेला परेका अन्य ३४ जना पनि किसान नै हुन्।

युनिभर्सिटी कलेज लन्डनका जीव विज्ञानका प्राध्यापक फ्रान्कोसीस बलाउक्सले लाङगा भाइरसले कोभिडकै पुनरावृत्ति नगर्ने भने जनाइ सकेका छन्। यो मानिसबाट मानिसमा सर्ने सम्भावना अत्यन्त न्यून भएको उनले बताएका छन्। यो भाइरसले मानिसलाई त्यत्ति धेरै असर नगरेपछि या सङ्क्रामक नभए पनि प्रत्येक समयमा जङ्गली जनावर या घर पालुवा जनावरबाटै मानिसलाई जोखिम बढी रहेको कुरामा भने उनी सहमत छन्।

मानिसमा रहेको सङ्क्रामक रोगमा ७० प्रतिशत भन्दा बढी जनावरबाट आएको एउटा तथ्य त एकातिर छ। स्तनधारी जनावर र चरामा गरेर कुल १७ लाख पुष्टि नभएका भाइरस हुन सक्छ। जोनोटीक सङ्क्रमण मध्यका हेन्द्रा र निपाह सबैभन्दा बढी मृत्यु दर भएका भाइरस हुन्। यो भाइरस बिरामी भएका घोडा, सुँगुर चमेराबाट मानिसमा सर्न सक्छ।
त्यसो त कोरोना भाइरसको कारण महामारी आउनु अगाडि नै वैज्ञानिकले जङ्गल नास र फराकिलो मानव बस्तीको कारण कुनै पनि दिन सृष्टिमा गम्भीर समस्या आउनसक्ने चेतावनी दिएका थिए।

जहाँसम्म जोनोटीक रोगको सवाल छ, संसारमा सबैभन्दा पहिलेदेखि नै मानिसमा अत्याउने रोगको रूपमा रेबिज थियो। सङ्क्रमित जनावरको थुकबाट भाइरस मानिसको रगतमा सर्न सक्छ। सङ्क्रमित जनावरले टोकेमा यो रोगबाट सङ्क्रमित हुने सम्भावना प्रबल हुन्छ। यो अत्यन्त घातक रोग हो। एक पटक लक्षण देखिएपछि यसको उपचार सम्भव भएको छैन। तर, भ्याक्सिनको माध्यमबाट यसलाई लक्षण देखिनु अगाडि नै नियन्त्रण गर्न सकिन्छ।

यस किसिमका भाइरस चीनमा नै किन भन्ने प्रश्न भने अहिले संसारमा नै उठ्न थालेको छ। यस भन्दा अगाडि सन् २००२ मा सार्स फैलिएको थियो। श्वासप्रश्वास सम्बन्धी समस्या देखिने यो सङ्क्रमण २००३ मा पत्ता लागेको थियो। सन् २००२ को नोभेम्बरदेखि सन् २००३ को जुलाईसम्म यो रोग संसारका २४ देशमा फैलिएको थियो। संसार भरमा ८ हजार ८९ जनामा सङ्क्रमण देखिएको थियो भने ७ सय ७४ जनाको ज्यान गएको थियो।

मानिसको जीवन अप्राकृतिक भएसँगै एकतर्फ वन विनाश त भयो नै। योसँगै अनगिन्ती समस्या निम्तिए। जङ्गली जनावरबाट हामी माझ धेरै रोग निम्तिए।

यो भाइरसले सो समयमा धेरै असर गरेको थिएन। सन् २०१५ मा वैज्ञानिकले सार्स खालका भाइरस सुख्खा ठाउँमा पनि धेरै दिनसम्म रहनसक्ने जनाउँदै यो कुनै पनि दिन घातक हुन सक्ने चेतावनी दिएका थिए। सन् २००९ मा स्वाइन फ्लुले संसारमा असर गरेको थियो। त्यस भन्दा अगाडि नै स्वाइन फ्लु भए पनि २००९ मा भने यो एकाएक फैलिएको थियो। यसरी स्वाइन फ्लु फैलिएसँगै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले महामारीको जोखिम ठहर गरेको थियो। त्यस समयमा महामारी टरेपछि जसरी एन्टीबायोटीकको निर्माण भए जस्तै सबै भाइरल सङ्क्रमणलाई काम लाग्ने गरी एन्टी भाइरल निर्माणका लागि भएका अध्ययनमा संसारको रुचि हटेको थियो।

यसका लागि पनि नयाँ भ्याक्सिन त बनेन। तर, अन्य फ्लु भ्याक्सिन यसका लागि पनि प्रयोग हुन थालेको थियो। त्यसै फ्लु भ्याक्सिन उपयोगी साबित भएपछि स्वाइन फ्लुको असर असर पनि भएको छ। मानिसको जीवन अप्राकृतिक भएसँगै एकतर्फ वन विनाश त भयो नै। योसँगै अनगिन्ती समस्या निम्तिए। जङ्गली जनावरबाट हामी माझ धेरै रोग निम्तिए। यी नै मध्यको कोरोना भाइरसले हामीलाई धेरै नै सतायो पनि। तर, यस्ता रोग र नयाँ भाइरस चीनबाट नै किन ? भन्ने प्रश्न भने उठेको छ। बीबीसी, वासिङ्टन पोस्ट, इमोनोमीक टाइम्स, मेडिकल न्युज,वेब एमडी

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ८ : ०४ बजे

यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

काठमाडौं– यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई लागू गर्न निर्देशन

काठमाडौं–  निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा

सङ्घीयता कार्यान्वयनपछि स्वास्थ्य र शिक्षामा मुलुक आत्मनिर्भर : देउवा

वीरगञ्ज– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीयता कार्यान्वयनपछि

जनप्रगतिशील मञ्च अष्ट्रेलियाको सहयोगमा छात्रवृत्ति वितरण

झापा- नेकपा माओवादी केन्द्रनिकट जनप्रगतिशील मञ्च अस्ट्रेलियाले विपन्न परिवारका छात्रछात्रालाई