पहिरो नियन्त्रणका लागि डिपिआर तयार | Khabarhub Khabarhub

पहिरो नियन्त्रणका लागि डिपिआर तयार


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका-३ राहुघाटको बस्ती, सडक र पुललाई जोखिम बनाएको पहिरो नियन्त्रण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)  तयार गरिएको छ । भू-तथा जलाधार संरक्षण कार्यालयले पहिरो नियन्त्रण योजना सञ्चालनका लागि डिपिआर तयार पारेको हो । कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले रु दुई करोड ३४ लाखको लागत अनुमानसहित डिपिआर तयार गरिएको जानकारी दिए ।

‘भू-गर्भविद्हरुको टोलीले चार चरणमा स्थलगत अध्ययन गरेर तयार पारेको डिपिआर यसै वर्षदेखि कार्यान्वयन गर्दैछौँ’, उनले भने, ‘आकस्मिक भू-तथा पहिरो नियन्त्रण कार्यक्रममार्फत राहुघाटको पहिरो रोकथाम गर्ने योजना छ ।’ नाली बनाएर भल व्यवस्थापन गर्ने, गल्छी संरक्षण र वृक्षरोपण गरेर बायो इञ्जिनीयरिङ गरिने अधिकृत मिश्रले बताए । राहुघाट सल्लेरी वनको पाखोबाट खस्ने पहिराका कारण ३० घरधुरीको बसोबास रहेको राहुघाट बस्ती जोखिममा परेको स्थानीय लक्ष्मण चालिसेले जानकारी दिए ।

यो पहिराका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकमा सवारी साधन आवतजावतमा समस्या भएको छ । गलेश्वर-पिप्ले-भगवती- बग्न थालेको थियो । 

कमजोर भू-धरातल भएको पाखोमा डोजर चलाएर सडक खनिएको  मूलको पानीले भेल आएको र नजिकै राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माणका लागि  विस्फोटक पदार्थ पड्काउँदा भएको कम्पनले पहिरो आएको थियो  । एक वटा घर पहिराले भत्किएको छ । बर्खामा ठूलो पानी पर्दा राहुघाटका बासिन्दा गलेश्वर, घुमाउने ताल, तिल्लेनी र गायत्री मन्दिरमा गएर सुत्ने गरेका छन् । पहिरो गएपछि गलेश्वर-पिप्ले खण्डको करिब तीन किलोमिटर सडक निर्माण रोकेर घुमाउनेताल-पिप्ले वैकल्पिक सडक प्रयोगमा ल्याइएको छ । 

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  १२ : ४० बजे

सदन बहिष्कारबारे रास्वपाले भन्यो- हाम्रा कुरा सुनेनन्, हामीले पनि सुनेनौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले सत्तापक्षले आफूहरूको कुरा

नागरिक लगानी कोष र हिमालयन बैंकबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौँ – नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक

कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्छ : शेखर कोइराला

दमौली– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको महाधिवेशन

०८१ सालमा प्रदर्शनमा आएका तीन फिल्मले मनाए १०० दिने सफतला

काठमाडौं – वि.सं २०८१ सालमा प्रदर्शनमा आएका तीन फिल्मले प्रदर्शनको

इरानमा अमेरिकी आक्रमणको पाकिस्तानद्वारा कडा शब्दमा निन्दा, साउदीले भन्यो : सबै पक्ष संयमित बनौँ

इस्लामावाद– अमेरिकाले इरानका परमाणु स्थलहरूमा गरेको आक्रमणको पाकिस्तानले कडा शब्दमा