करण राईको ‘द काइट्स’ सार्वजनिक « Khabarhub

करण राईको ‘द काइट्स’ सार्वजनिक


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवगायक करण राईको पहिलो गीति एलबम ‘द काइट्स’ सार्वजनिक भएको छ । राजधानीमा गायक गणेश रसिक, गायक राजेशपायल राई, अभिनेता दयाहाङ राई, रैथाने संगीतज्ञ झुमा लिम्बू र कवि, गीतकार तथा निर्देशक प्रकाश आङ्देम्बेले एलबम सार्वजनिक गरे ।

एलबम सार्वजनिक गरेपछि करणले दुई गीत ‘रानी हो’ र ‘चङ्गा’ व्याण्डकासाथ गाएका थिए । बाल्यकालदेखि नै गीत संगीतमा चासो राख्ने करण अमेरिकाबाट नेपाल फर्किएर यो एल्बम बजारमा ल्याएका हुन् ।

एल्बममा ९ गीत समावेश छन् । एलबमको एक गीत ‘फुलै राम्रो’ मा करणलाई गायिका मेलिना राईले साथ दिएकी छन् । गीतहरूमा प्रकाश आङ्देम्बे, डम्बर नेपाली, धरारानी, थुक्तेन डुक्पा र सपना भुजेलको शब्द छ । त्यस्तै देबेश राई, डम्बर नेपाली र महेन्द्र राईको संगीत छ । सबै गीतहरूको एरेञ्ज गायक तथा संगीतकार देबेशले नै गरेका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  १२ : ४३ बजे

अण्डाको माग र मूल्य बढ्यो

चितवन– बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि क्रमशः बढ्दै गएको

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने