दुई करोडभन्दा बढीका उपकरण प्रयोगविहीन « Khabarhub

दुई करोडभन्दा बढीका उपकरण प्रयोगविहीन


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– महोत्तरीको जलेश्वर जिल्ला अस्पतालमा खरिद गरिएको दुई करोड ५५ लाखभन्दा बढीको उपकरणहरू प्रयोगविहीन बनेको छ । उक्त अस्पतालमा विगत दुई वर्ष बढीदेखि पाँच थान भेन्टिलेटर, बेड सेट, मोनिटर, इको र आइसीयु सेटहरु प्रयोगविहीन भएर थन्किएको हो । दुई वर्षअघि कोभिड विशेष अस्पतालका रुपमा जलेश्वर अस्पताललाई विकास गरेर कोरोना नियन्त्रणका लागि दुई करोड ५५ लाख ५२ हजारको लागतमा पाँच थान भेन्टिलेटर, थप शय्या, मोनिटर, इकोलगायत आइसियु सेटका उपकरण खरिद गरेर ५० शय्या बनाइएको थियो । 

 कोरोना महामारीकै बेलामा पनि भेन्टिलेटर र आइसीयु सञ्चालनका लागि दक्ष जनशक्ति नपाएर उक्त अस्पतालले अढाई करोड बढीका ती उपकरणहरू प्रयोग गर्न नसकेकामा  विगत दुई वर्षदेखि नै ती सामग्रीहरू प्रयोगविहीन बनेको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शतिश साहले दक्ष जनशक्तिको अभावमा कोरोना महामारीको बेलामा भेन्टिलेटर र आइसीयु सञ्चालन आएको थिएन तर  अहिले प्रदेश सरकारले ५० शय्या सञ्चालन गर्न अस्थायी दरबन्दी उपलब्ध गराएकाले चाँडै विशेषज्ञ चिकित्सकहरू भर्ना गरेर ती उपकरण पनि सञ्चालनमा ल्याउने तयारीमा रहेको  जानकारी दिए ।

स्थानीय बासिन्दाले त्यसबेला केही नेता र तीनका कार्यकर्ताहरूलाई कमिसन र कमाईका लागि ती उपकरणहरू किनिएको आरोप लगाए । उनीहरूले जनशक्ति नै थिएन भने ती उपकरणहरू किन किनियो ? भनी प्रश्न गरेका थिए  । 

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  २ : १५ बजे

आजको मौसम पूर्वानुमान : उच्च पहाडमा हिमपात र वर्षा, कुन प्रदेशको अवस्था के छ ?

काठमाडौं – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको

नेपाल र चीनका गभर्नरबीच भेटवार्ता : सहकार्यका विषयमा छलफल

काठमाडौं – चीन भ्रमणमा रहेका नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा

निर्वाचन ३५ दिन बाँकीः नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ