काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको स्वास्थ्य उपचारमा हुने खर्चलाई घटाउनुपर्ने बताएका छन् ।
काठमाडौं महानगरपालीका वडा नं ३० मा रहेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थापाले नागरिकको स्वास्थ्य खर्च घटाएर नेपालको स्वास्थ्य प्रणालीलाई विकास गर्नुपर्ने बताएका हुन् ।
उनले संविधानमा आधारभूत स्वास्थ्य सेवा निशुल्क हुने भनिएपनि आधारभूत स्वास्थ्य सेवा कहाँ प्रदान हुन्छ भन्ने अन्यौल नै रहेको बताए । अहिले सरकारले स्वास्थ्य बिमाको अवधारणा ल्याएपनि स्वास्थ्य उपचारमा हुने खर्च बढे राज्यले नै थेग्न नसक्ने उनले बताए ।
थापाले स्वास्थ्य बीमा कार्यक्रमलाई नीजि क्षेत्रलाई दिन नहुनेमा जोड दिए ।
प्रतिक्रिया