गोसाईकुण्डको गौरव, भरिभराउ पर्यटक [फोटोफिचर] | Khabarhub Khabarhub

आन्तरिक पर्यटन

गोसाईकुण्डको गौरव, भरिभराउ पर्यटक [फोटोफिचर]

साउने हरियालीमा जनैपूर्णिमाको मेला भर्नेको भीड


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपाली पर्यटन क्षेत्रको गौरवका रुपमा गोसाईकुण्ड मानिन्छ । रसुवाको उच्च हिमाली भेगमा पर्ने गोसाईकुण्डमा साउन महिनामा भने ठूलै मेला लाग्ने गर्छ । खासगरि जनैपूर्णिमामा जनै फेर्नका लागि गोसाईकुण्ड पुग्नेहरुको भीडले यतिबेला गोसाईकुण्ड आसपासका होटल भरिभराउ छन् ।

गोसाईकुण्ड एकदिनमै जान आउन नसकिने भएकाले साताव्यापी भ्रमण तालिका आवश्यक छ । जसले गर्दा गोसाईकुण्ड पुगेका पर्यटक हिड्न, रमाउन र आन्तरिक पर्यटनमा व्यस्त हुने गरेका छन् ।

रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिकामा पर्ने गोसाईकुण्ड आफैँमा एक अलौकिक ठाउँ हो । रसुवामा मात्रै एक सय आठ वटा कुण्डहरु रहेको भनिन्छ । त्यसमध्ये गोसाईकुण्ड एउटा हो । गोसाईकुण्डकै छेउमा अर्को कुण्ड पनि छ ।

समुन्द्र सतहबाट ४ हजार ३ सय मीटर उचाईमा रहेको गोसाईकुण्ड आन्तरिक तथा बाह्य पर्यटकलाई लेक लाग्ने सम्भावा समेत रहन्छ ।

हिउँदमा हिउँ पर्ने, साउन महिनामा हरियाली हुने र बसन्त ऋतुमा निलो पानी देखिने गोसाईकुण्डको विशेषता हो ।

कसरी पुग्न सकिन्छ ?

काठमाडौँबाट गोसाईकुण्ड पुग्न पैदलै यात्रा र गाडीमा जान सकिने विकल्प छ । सुन्दरीजलबाट चिसापानी हुँदै केहीले पैदलै गोसाईकुण्डको यात्रा गर्छन । तर यो धेरै जटिल र सबैका लागि सम्भव विषय भने होइन ।

त्यसैले काठ्माण्डौबाट नुवाकोटको रानिपौवा, त्रिशुली, वेत्रावती, कालिकास्थान, राम्चे हुँदै रसुवाको सदरमुकाम धुन्चे पुग्न सकिन्छ । जुन काठमाडौँदेखि ११८ किलोमीटरको यात्रा हुन्छ ।

धुन्चे पुगेपछि गाडी त्यही रोक्नुपर्छ । अनि सुरु हुन्छ पैदल यात्रा । धुन्चेबाट हिँडेपछि चन्दन बारिको तेरपैलो हुँदै चोलाङपाटिको बाटो हिड्दा एक दिनमा गोसाईकुण्ड पुग्न सकिन्छ । पछिल्लो समय धादिङको नौबिसे, गल्छी हुँदै सदरमुकाम विदुरबाट पनि गोसाईकुण्ड जाने बढेका छन् ।

गोसाईकुण्ड जाँदा हिड्ने क्रममा अग्लो डाँडा चढ्नुपर्छ । अनि त्यहाँबाट ओरालो झर्दै तल खोँचमा पुगेपछि गोसाईकुण्ड देखिन्छ । जुन दृश्यमा मात्रै होइन, मनमा अविष्मरणीय भएर बस्छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने गोसाईकुण्ड यात्रा गर्दा होशियारी अपनाउनुपर्ने हुन्छ ।

(फोटो स्रोत : सुरज ढकालबाट)

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ३ : ५८ बजे

‘गौतमबुद्धका सन्देश हरेक व्यक्तिका लागि उपयोगी छन्’

काभ्रेपलाञ्चोक– पूर्वराष्ट्रपति डा. रामवरण यादवले गौतमबुद्धका सन्देश हरेक व्यक्तिका लागि

ल्याटिन अमेरिकी नेता र चिनियाँ अधिकारीबीच भेटवार्ता

एजेन्सी– चीनले ल्याटिन अमेरिकासँग सम्बन्ध प्रगाढ बनाउने उद्देश्यका साथ ल्याटिन

रेसुङ्गा विमानस्थल : सातामा तीन पटक उडान हुने

तम्घास– यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक

महिला पत्रकारको अर्थपूर्ण सहभागितामा अवरोध : उपसभामुख राना

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सञ्चारमाध्यममा पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा

उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

काठमाडौं– महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकिल कार्यालय, पाटनको भवन