‘देशलाई कांग्रेस र कम्युनिष्टको चक्रव्यूहबाट निकाल्नुपर्छ’ « Khabarhub

‘देशलाई कांग्रेस र कम्युनिष्टको चक्रव्यूहबाट निकाल्नुपर्छ’


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र कम्युनिष्टको चक्रव्यूहबाट देशलाई मुक्त गर्न निर्वाचनलाई अवसरको रुपमा लिनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले कांग्रेस र कम्युनिष्टका कारण मुलुक बबार्दीतर्फ गइरहेको भन्दै उनीहरूको चक्रव्यूहबाट देशलाई मुक्त गर्न निर्वाचनलाई अवसरको रुपमा लिनुपर्ने बताएका हुन् ।

लोकतन्त्र र गणतन्त्रको नाममा भ्रष्टाचार र लुटतन्त्र मच्चाएको भन्दै अबको निर्वाचनमा जनता सचेत हुनुपर्ने उनले बताए । उनले मंसिर ४ गतेको निर्वाचनलाई सामान्य नियमित प्रक्रिया मात्र नसम्झन आग्रह गरे । लिङ्दनेले देशलाई सही दिशामा अघि बढाउन श्रीलंकाको जनताजस्तो हालतमा लाठी नभई स्वस्तिक छापलाई सही ढंगले प्रयोग गर्नुपर्ने जिकिर गरे ।

उनले नेपाली जनता भएर दलदलमा फसेको देशलाई निकाल्न सबैले प्रण गर्नुपर्ने बताए । कार्यक्रममा बिभिन्न दलबाट आएका कार्यकर्तालाई अध्यक्ष लिङ्देनले राप्रपा प्रवेश गराएका थिए । 

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ६ : ४८ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको