लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ,शत्रुता होइन : ओली « Khabarhub

लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ,शत्रुता होइन : ओली


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिएका छन् ।
लोकतान्त्रिक शेर्पा सङ्घको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले लोकतान्त्रिक अभ्यासमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए। उनले एमाले बहुदलीय व्यवस्थाअनुसार प्रतिस्पर्धा गर्न तयार रहेको बताए ।

‘लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, दलबीच प्रतिस्पर्धा गरौँ, शत्रुता होइन’, उनले भने । देशमा द्वन्द्व हुँदा बाहिरी शक्तिको चलखेल बढ्न सक्ने र देशको अवस्था अप्ठ्यारोमा पर्ने उनको भनाइ थियो । उनले देशको राजनीतिलाई सही ढङ्गबाट बढाउनका लागि एमाले मजबुत हुनुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले एमालेको उद्देश्य शान्तिपूर्ण नेपाल र समृद्ध नेपाल रहेको भन्दै सामाजिक न्याय र समानतासहितको नेपाल निर्माण गर्न खोजिरहेको बताए । उनले राजनीतिक, आर्थिक र सामाजिक व्यवस्था सही ढङ्गले गर्नसके नेपाललाई सुन्दर बनाउन सकिने धारणा राखे ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ७ : ४९ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको