रचनात्मक विद्रोह गर्न शेखर कोइरालालाई युवाहरूको सुझाव « Khabarhub

रचनात्मक विद्रोह गर्न शेखर कोइरालालाई युवाहरूको सुझाव


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका युवा नेताहरूले शेखर कोइराला समूहलाई रचनात्मक विद्रोह गर्न सुझाव दिएका छन् । शनिबार शेखर समूहका युवा नेताले ध्यानाकर्षपत्र बुझाउँदै रचनात्मक विद्रोह गर्न सुझाव दिएका हुन् ।

भातृ संस्थामा सभापति शेरबहादुर देउवाले आफू अनुकूलका व्यक्तिलाई मनोनयन गरेको भन्दै शेखर समूहका युवाहरूले असन्तुष्ट जनाएका हुन् । देउवा एकलौटी चल्दा पनि आफ्नो समूहका नेताहरूले त्यसविरुद्ध ठोस कदम नचलाएको आरोप शेखर पक्षका युवाको रहेको छ ।

युवा नेताहरूले नेताहरु धनराज गुरुङ, गगन थापा, अर्जुननरसिंह केसी, डा। रामशरण महत, बलबहादुर केसी, सहमहामन्त्रीद्वय बद्रि पाण्डे, जीवन परियार, पूर्व केन्द्रीय सदस्य हृदयराम थानी र नेविसंघका पूर्व अध्यक्ष गुरुराज घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

ध्यानाकर्षण बुझाउनेमा निरञ्जन थापा,लक्ष्मी दाहाल, पुष्कर बास्तोला, बिष्णु खड्का, ई.अमृत ज्ञवाली, पेम्बा शेर्पा, ई.सागर पाण्डे, विश्व लामा र अधिवक्ता कौशिला गुरुङले नेता रहेका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ८ : ४१ बजे

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा