शेखर समूहले देउवासँग माग्यो ४० प्रतिशत सिट « Khabarhub

शेखर समूहले देउवासँग माग्यो ४० प्रतिशत सिट


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका नेता शेखर कोइरालाको समूहले आगामी निर्वाचनमा पार्टीभित्र ४० प्रतिशत सिट माग गर्ने भएको छ ।

शनिबार बसेको शेखर पक्षको बैठकले पार्टी सभापति शेरबहादुर देउवासँग ४० प्रतिशत सिट माग गर्ने निर्णय गरेको हो ।
सभापतिबाट ८ महिनामा न्यायोचित निर्णय नभएकाले अस्तित्वको लडाइँ लड्नुपर्ने अवस्था सिर्जना भएको बैठकमा सहभागि एक नेताले बताए ।

‘ आठ महिना भयो अहिलेसम्म कुनै पनि निर्णय प्रक्रियामा प्रतिस्पर्धी समूहको एक जनालाई पनि सभापतिले समेट्नुभएको छैन। अब न्यायोचित निर्णय गर्नुहुन्न भने ४० प्रतिशत चाहियो, ४० प्लस चाहियो’ उनले भने ।

साथै शेखर समूले कम्तीमा ४० प्रतिशत नपाए अन्तरसङ्घर्ष गर्ने चेतावनी दिएको छ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ९ : ५५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार