देशलाई कांग्रेस र कम्युनिस्टको चक्रव्यूहबाट निकाल्नुपर्छ : राजेन्द्र लिङ्देन « Khabarhub

देशलाई कांग्रेस र कम्युनिस्टको चक्रव्यूहबाट निकाल्नुपर्छ : राजेन्द्र लिङ्देन


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र कम्युनिष्टको चक्रव्युबाट देशलाई मुक्त गर्न निर्वाचनलाई अवसरको रुपमा लिनुपर्ने बताएका छन ।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले कांग्रेस र कम्युनिष्टका कारण मुलुक बबार्दीतर्फ गईरहेको भन्दै उनीहरुको चक्रव्युबाट देशलाई मुक्त गर्न निर्वाचनलाई अवसरको रुपमा लिनुपर्ने बताएका हुन ।

‘आउने निर्वाचनलाई सामान्य, नियमित प्रक्रिया मात्रै नसम्झौँ । आउने निर्वाचनलाई नेपाली जनता, जो तीन दशकदेखि कांग्रेस, कम्युनिस्टको चक्रव्यूहमा फसेका छन् । देश यिनीहरूको चक्रव्यूहमा फसेको छ, त्यसबाट निकाल्ने अवसरको रुपमा यसलाई सदुपयोग गर्नुपर्दछ’ उनले भने ।

उनले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नेपाली जनताले एउटा महत्त्वपूर्ण अवसरको रुपमा लिनुपर्ने जिकिर गरे । राप्रपा पार्टी बलियो रुपमा स्थापित हुन सके कांग्रेस र कम्युनिस्टलाई राजा र हिन्दुराष्ट्रको पक्षमा ल्याउन सकिने उनको बुझाइ छ ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  १० : ४३ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको