‘दुवै आँखामा रेटिनोब्लास्टोमा हुँदा बच्चाको मृत्यु हुन्छ’ « Khabarhub

‘दुवै आँखामा रेटिनोब्लास्टोमा हुँदा बच्चाको मृत्यु हुन्छ’

समयमै उपचार भए एउटा आँखा जोगाउन सकिन्छ


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

बालबालिकाको आँखामा क्यान्सर तथा रेटिनोब्लास्टोमा समस्या देखिएको छ । रेटिनोमा विभिन्न लेयरहरु हुन्छन् । यसलाई दृष्टि पर्दा पनि भन्ने गरिन्छ । आखाँको क्यान्सर कमै हुने गरेको छ । तर, दृष्टि पर्दामा भने क्यान्सर हुने गरेको छ । यो बालबालिकामा हुने क्यान्सर हो । धेरै कमन छैन । यो कुनै कुनै बालकालिकामा हुने गर्दछ । यो रोगको उपचार बालबालिकाको आँखा निकाल्नु नै हो । जुनमा समस्या देखियो सोही आँखा निकाल्नुपर्ने हुनसक्छ ।

यो एउटा आँखामा हुन्छ । तर, कुनै केसमा भने दुई वटामा पनि हुन्छ । दुई वटा आँखामा भयो भने बालबालिकाको मृत्यु समेत हुन्छ । तर, समयमै पत्ता लगाएर उपचार गर्न सकियो भने आँखासहित क्यान्सरको सेल्ससहित निकालिन्छ ।

तर, अर्को आँखामा आउँदैन । बाँकी लाइफ उसले एउटा आँखाबाट काम चलाउन सक्छ । यो एकदमै खतरनाक रोग हो । त्यसैले समयमै उपचार गर्नुपर्छ ।

देखिने लक्षण
यो सुरुवाती अवस्थामा नै हुने रोग हो । यस्तो रोग भएका बच्चामाआँखामा सेतो देखिन्छ । हुन त मोतिबिन्दु लाग्दा पनि सेता नै देखिन्छ । सेतो देखिने बित्तिकै अस्पताल लगिहाल्नु पर्छ ।

बिरालोको आँखा जति चम्किलो देखिन्छ, त्यस्तै हुने गर्छ । यस्तो अवस्थामा हेलचेक्राइँ गर्यो भने आँखाको रेटिनल सेल्सहरु बढ्दै अगाडि आउँछ ।

कुनै पछाडि पनि जाने हुन्छ भने कुनै बेला अगाडि आउने गर्छ । पछाडि जादाँ आँखाको दाना ठुलो हुदै अगाडि आउछँ । अगाडि आयो भने आखाँ नै कन्जेटिक भन्छौ, काउलीफ्लावर जस्तै भएर नै अगाडि आउँछ । बच्चाहरुको आँखामा सेतो र चम्किलो देखिनासाथ उपचार गरिहाल्नु पर्छ ।

समस्या आउने कारण
यो समस्या जन्मजातै आउने समस्या होे, पाचँ वर्ष सम्मको बालबालिकामा यो समस्या देखिने गरेको छ। शिक्षित परिवारका सदस्यले यसको समयमै उपचार गर्छन । तर, जसलाई यस बारेमा थाहा हुँदैन। दुर्गम ठाउँमा हुन्छन, उनी हरले यस्तै होला भनेर याद गर्दैनन्, त्यसैले दुर्गम ठाउँका मान्छेमा यो धेरै देखिने गर्छ ।

उपचारको प्रक्रिया
यसको उपचार प्रक्रिया भने विभिन्न स्टेजमा हुन्छ । स्टेज १ स्टेज २ स्टेज ३ स्टेज ४ । पहिलो र दोस्रो स्टेजमै थाहा पाउन सकियो भने एबनेसन थेरापी गरिन्छ । यदि स्टेप तेस्रो वा चौंथो स्टेजमा पुगियो भने इलुकिलेसन (आँखाको दानालाई अड्याई राख्न मद्धत गर्ने मसल्सहरु) सबैलाई काटेर निकाल्नु पर्छ, अरु उपचार भने हुँदैन ।

सुरुवाती अवस्थादेखि अन्त्यसम्मको उपचार
सुरुमा त हामीले एन्टि ट्रिटमेन्ट गर्छौ। रेडियो थेरापी गर्छौ। जुन प्रविधि उपलब्ध छ त्यो गरिन्छ। सुरुको अवस्था पत्ता लगाउन परिवारले पनि गाह्रै पर्छ।

मृत्युदर उच्च हुने कारण पनि ढिलो थाहा पाउनु हो। थाहा हुदाँसम्म रोग धेरै बढी सकेको हुन्छ। समयमै उपचार नगरे बच्चाको ज्यान जान सक्ने सम्भावना हुन्छ।

पहिलो स्टेजमा उपचार गरे पूर्ण रुपमा निको हुने सम्भावना हुन्छ। तर, पहिलो स्टेजमा थाहा पाउन नै गाह्रो हुन्छ। डाक्टरले जाँच गर्ने औजारहरुले हेर्दा थाहा हुने कुरा मात्र हो।

उपचारको लागि लाग्ने समय
हाम्रो देश अविकसित देश पनि हो। धेरै विकट ठाउँ पनि छन्, सुलभ ठाउँमा भयो भने जुन अस्पतालमा पनि बालबालिकाको डाक्टर हुनु हुन्छ। उहाँहरुले पत्ता लगाउनु हुन्छ। कहाँ रिफर गर्नुपर्ने, के गर्ने सबै उहाँहरुले भन्नु हुन्छ।

धेरै दुगर्म ठाउँमा परिवारले बच्चालाई यस्तो रोग लाग्यो भनेर पत्तै लगाउन सक्दैनन्। बच्चाको आँखा बाहिर आयो। काउलीफलावर जस्तो देखियो भने मात्रै के भयो भनेर आउँछन्। यति बेलासम्म ढिलो भइसकेको हुन्छ। समयमै उपचार गर्न सकियो भने सुधार ल्याउन सकिन्छ।

उपचार गर्दा लाग्ने खर्च
अरु क्यान्सरको उपचारमा त नेपाल सरकारले सहुलियत दिएको छ। तर, यो रोगको लागि भने छैन। यो रोगको उपचारका लागि त्यति धेरै खर्चिलो छैन। तर, समयमै उपचार गरे मात्र राम्रो रिजल्ट आउँछ।

उपचार गरिसकेपछि सबै भन्दा पहिले त सरसफाइमा ध्यान दिनुपर्छ। शल्यक्रिया गरेपछि आँखामा खाली ठाउँ हुन्छ, त्यहाँ इन्फेक्सन नहोस् भनेर राम्ररी सफा गर्नुपर्छ। हाम्रो आँखा र व्रेन जोडिएको हुन्छ। शल्यक्रिया गरेको दुई तीन महिना सरसफाइमा विशेष ध्यान दिनुपर्छ।

समस्या आउन नदिन के गर्ने ?
बच्चालाई स्कुलमा भर्ना गर्न लानु भन्दा अघि भिजन टेस्ट गर्नुपर्छ। कसैलाई समस्या छ भने भिजन कम हुन्छ। भिजन कम भएपछि कारण खोजिन्छ।

परिवारले बच्चाको आँखा ढेडो छ कि छैन। सेतो दागसँगै आँखा चम्किलो छ छैन, त्यो हेर्नु पर्छ। बच्चाको आँखा एउटा आँखा भन्दा अघि आएको छ/छैन थाहा भयो भने रोग पत्ता लगाउन सक्छौँ।

(आँखा रोग विशेषज्ञ डा.कमल खड्कासँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ७ : ०१ बजे

रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक हुँदै : १० बजे पत्रकार सम्मेलन

काठमाडौँ – सरकारले मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरू शुक्रबार सार्वजनिक गर्ने

मेक्सिको विश्वकपको नकआउटमा

काठमाडौँ – सह-आयोजक मेक्सिको जारी विश्वकप फुटबलको नकआउट चरण (अन्तिम

सम्झौतापछि अमेरिकाले हटायो इरानमाथिको नौसैनिक नाकाबन्दी

काठमाडौं – अमेरिका र इरानबीच भएको नयाँ सम्झौतापछि अमेरिकाले इरानी

प्रदेश बजेटमा कञ्चनपुरको खेलकुद : मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३-८४ को बजेटमा कञ्चनपुरको