हिँड्दाहिँड्दै नालीमा खस्ने त्रास « Khabarhub

हिँड्दाहिँड्दै नालीमा खस्ने त्रास


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको दिक्तेलबजार ढलानका क्रममा ड्रेन कभर (नालीको ढकनी) नराख्दा आवत-जावत गर्न जोखिम भएको छ। दिक्तेलको मानव अधिकारचोक (जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय)देखि त्रिबेणीचोकसम्मको बजार सडक ढलानका क्रममा पुरानो बेसक्याम्पदेखि बैंक अफ काठ्माडौंको बिचमा ड्रेन कभर हाल्न ढिलाइ हुँदा स्थानीयलाई आवत–जावत गर्न सकस भएको हो।

निर्माण कम्पनी सुर्य विकास जेभी लहानले सडक ढलानका क्रममा ड्रेन कभर नहाली छाड्दा आवत–जावत गर्ने स्थानीय जोखिममा परेका छन्। आइतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ लालीका नावालक बोकेका बालिका नालीमा खसेका छन्।

नालीमा खस्ला दुधे बालकको टाउँको ठोक्किएको छ। नालीको ढकनी तत्काल राख्न आग्रह गर्दा निर्माण कम्पनीले बेवास्ता गरेको स्थानीयले बताएका छन्।

बजार सडक ढलानका क्रममा ठाउँ–ठाउँमा नालीको चार कुने प्वाल बनाइएको छ। नालीको प्वाल ढाक्ने ढकनी नहुँदा बजारमा ओदोहोर–दोहोर गर्ने कतिपय गाडी र बाईक असुरक्षित यात्रा गरिरहेका छन्।

मोबाइल चलाउँदै हिँड्ने तथा नालीको ख्याल नगरी हिँड्ने स्थानीय खाल्डोमा खस्ने गरेका छन्। गत १५ मंसिरमा एक वृद्ध, १४ मंसिरमा आमासँगै हिँडिरहेका बच्चा र २६ कात्तिकमा एक विद्यार्थी नालीमा खसेका थिए।

विशेषगरी सडक किनारामा घर भएका बालबच्चा तथा विद्यालयबाट ओहोर–दोहोर गर्ने विद्यार्थी नालीमा खस्दा चोटपटक लाग्ने गरेको स्थानीय व्यवसायी शरन विश्वकर्माले बताए।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ६ : ५३ बजे

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

पर्वतमा ७३ जना ज्येष्ठ नागरिकले पाए आँखाको ज्योति

पर्वत– पर्वतको कुश्मामा सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा ५७४ जनाको

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

तराईमा हुस्सु, केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती