१० करोड ६१ लाख बराबरको कृषि कार्यक्रम सञ्चालन गरिने « Khabarhub

 १० करोड ६१ लाख बराबरको कृषि कार्यक्रम सञ्चालन गरिने


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

त्रिशूली– कृषि ज्ञान केन्द्र नुवाकोटले चालु आर्थिक वर्ष २०७९/८० मा नुवाकोट र रसुवामा १० करोड ६१ लाख बराबरको योजना तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

बागमती प्रदेश सरकारअन्तर्गत रहेको कृषि ज्ञान केन्द्र नुवाकोटको कार्यक्षेत्र दुई जिल्ला भएकाले सोहीअनुसार प्राप्त बजेटको योजना तथा कार्यक्रम दुई जिल्लामै सञ्चालन गर्न लागेको ज्ञान केन्द्र प्रमुख केशव खनालले जानकारी दिएका छन् । उनका अनुसार किसान र स्थानीय तहमार्फत माग भएर आएका, पुराना कार्यक्रमका निरन्तरता र प्रदेश सरकारको लक्ष्यअनुरुपका विभिन्न २७ शीर्षकका कार्यक्रम चालु आवमा सञ्चालन गर्न लागिएको हो ।

“साना सिँचाइ, खाद्यान्न/तरकारी/आलु/कफी/रैथाने बालीको प्रवर्द्धन, साना यन्त्र/उपकरण वितरणलगायतका कार्यक्रमलाई प्राथमकितामा राखेका छौँ”, केन्द्र प्रमुख खनालले भने, ‘उद्यमशीलता प्रवर्द्धन, कृषि विकासका लागि बीउ पूँजी कोष परिचालन, क्षमता विकासका तालिम तथा समन्वयात्मक भूमिकाका लागि बजेट विनियोजन गरिएको छ ।’

साविकको कृषि विकास कार्यालय रहँदा अधिकार सम्पन्न भए पनि हाल समन्वयका रूपमा रहेको ज्ञान केन्द्रले क्रमशः किसान लक्षित कार्यक्रम सञ्चालन गर्दै सेवाको दायरा बढाउन थालेको छ । गत आवमा १० करोड ३७ हजार लागतमा ३६ वटा योजना तथा कार्यक्रम सम्पन्न गरेको केन्द्रले चालु आवमा योजनाको सङ्ख्या घटाएर बजेटको आकार बढाएको जनाएको छ ।

जिल्लामा उत्पादन हुँदै आएका बाली धान, मकै, गहुँ, कोदो, आलु, विभिन्न जातका तरकारी, किवी, स्ट्रबेरी, चिया र कफीको प्रवर्द्धनका लागि बजेटले प्राथमिकता पाएको छ । यस्तै रसुवामा आलु, कालोमुसुरो, स्याउ र विभिन्न जातका तरकारीको उत्पादन र उत्पादकत्व वृद्धिका लागि सहयोग पुग्ने गरी योजना तथा कार्यक्रम समावेश गरिएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  १२ : २५ बजे

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं– जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीश