‘ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकामा आयोजना हुने  « Khabarhub

‘ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकामा आयोजना हुने 


२८ भदौ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘आफ्नै नाम, आफ्नै शान आफ्नै पहिचान गाँउदेखि विश्वसम्म’ भन्ने नारासहित ग्लोबल नेपाली फिल्म अवार्ड को पाँचौँ संस्करण आगामी अक्टोबरको १३, १४ र १५ तारिखमा अमेरिकाको डेनभर कोलोराडोमा आयोजना हुने भएको छ । 

नेपाली चलचित्रलाई विश्वसामु परिचित गराउने उद्देश्यले नेपाल अमेरिका सम्बन्धको ७५औँ वार्षिकोत्सवका उपलक्ष्यमा फिल्म फेस्टिवलको आयोजना हुन लागेको पाँचौँ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिए ।

एटिए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रायोजन र सुनिल पाठक एजेन्ट अल स्टेट इन्स्योरेन्स कम्पनीको सहप्रायोजनमा नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड गोल्डेन स्टेट मुभी मेकर र मिडिया हाउस एलएलसीले संयुक्तरुपमा  उक्त कार्यक्रम आयोजना गर्न लागेका हुन् । अवार्डका अघिल्ला चार संस्करण कोलोराडो र सनफ्रान्सिस्कोमा भएका थिए । 

ग्लोबल नेपाली फिल्म अवार्डको अर्को उद्देश्य नेपाललाई विदेशी चलचत्रिकर्मी माझ चिनाउने र हलिउडका सिनेकर्मीलाई फिल्म सुटिङका लागि नेपाल आमन्त्रण गर्ने, नेपालबाट गएका र अमेरिकामा बस्ने कलाकर्मीको पुनःमिलन गराउने उद्देश्य रहेको छ । 

प्रकाशित मिति : २८ भदौ २०७९, मंगलबार  ३ : ०७ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण