पाँचपोखरी थाङ्पाल गाउँपालिका : चौपायामा कृत्रिम गर्भधारणका लागि प्रयोगात्मक अभ्यास तालिम सञ्चालन « Khabarhub

पाँचपोखरी थाङ्पाल गाउँपालिका : चौपायामा कृत्रिम गर्भधारणका लागि प्रयोगात्मक अभ्यास तालिम सञ्चालन



सिन्धुपाल्चोक– पाँचपोखरी थाङ्पाल गाउँपालिका पशु सेवा शाखाले कृत्रिम गर्भधारणका लागि प्रयोगात्मक अभ्यास तालिम सञ्चालन गरेको छ । गाउँपालिका पशु सेवा शाखा र ८ वटै वडाका पशु प्राविधिकहरूको पहलमा प्रत्येक प्राविधिकबाट रु दुई हजार संकलन गरी १८ दिने प्रयोगात्मक अभ्यास तालिम सञ्चालन गरेका हुन् ।

भदौ १३ गतेबाट सुरु गरिएको अभ्यास भदौ ३१ गतेसम्म सञ्चालन हुने वडा नं ४ का पशु प्राविधिक फुन्चोक लामाले जानकारी दिए । स्थानीय गाईलाई प्रयोगात्मक अभ्यासका लागी प्रयोग गरिएको र उक्त गाईबाट नै परीक्षण गरिने लामाले बताए ।

गाउँपालिकाभित्रै कृत्रिम गर्भधारण सफल गराउनका लागी वडाका पशु प्राविधिकहरूलाई दक्ष बनाउन अभ्यास तालिम सञ्चालन  गरेको गाँउपालिकाकापशु सेवा शाखाका प्रमुख माईसिङ् थोकरले बताए ।

थोकरका अनुसार गाउँपालिका भित्रमा कृत्रिम गर्भधारण गराउनका लागि  लाइसेन्स प्राप्त दक्ष प्राविधिक दुई जना मात्र रहेकाले बाँकी प्राविधिकहरूलाई लाइसेन्स प्राप्त गराउन पहल गरिने पनि उल्लेख गरे। “विगत दुई वर्ष अगाडि देखि नै यो अभ्यास सञ्चालन गर्ने योजना थियो तर विश्वभर फैलिएको महामारी कोभिड-१९ का कारण बजेट फ्रिज भई कार्यान्वयन गर्न सकिएन । यस आर्थिक वर्षमा पशु सेवा विभाग केन्द्र बाट रु दुई लाख पचास हजार र गाउँपालिका बाट रु पचास हजार छुट्टाएको छ । उक्त बजेट ‘ए.आई तालिमका लागी खर्च गरिने छ” उनले भने।

त्यस्तै उन्नत जातका पशु उत्पादन, दुध, मासु उत्पादनका लागी कृत्रिम गर्भधारण निकै फलदायी हुने पशु प्राविधिक दीपेन्द्र दुलालले बताए ।साथै परम्परागत रूपमा पशुपालन गर्दै आएका किसानहरूलाई पशुपालन व्यवसाय गर्न सहज हुने र यस कार्य बाट गाउँपालिकाले पशु सेवा क्षेत्रमा एउटा नयाँ फड्को मार्ने विश्वास रहेको उनले जिकिर गरे । त्यस्तै उनले पशु सेवा शाखा अन्तर्गतबाट किसान लक्षित विभिन्न तालिमहरू सञ्चालन गर्दै आएको पनि बताए।

प्रकाशित मिति : २८ भदौ २०७९, मंगलबार  ६ : ०४ बजे

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम

डिजिटल सञ्जालले बदलिँदै हुम्लीको दैनिकी

काठमाडौं– दसैँ घटस्थापनाको दिउँसो अदानचुली गाउँपालिकाको श्रीनगरमा व्यवसायी तिलकबहादुर शाहीको

भक्तपुरका बाटोबाटोमा धान

ख्वप– हिजोआज भक्तपुरमा  फरक दृश्य देख्न सकिन्छ, त्यो हो बाटाबाटोमा धान

गुल्मीमा स्कारपियो दुर्घटना: ६ जनाको मृत्यु, ३ घाइते

गुल्मी – गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा बुधबार दिउँसो स्कारपियो दुर्घटना