नवौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा आर्मीद्वारा लुम्बिनी ९ विकेटले पराजित « Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा आर्मीद्वारा लुम्बिनी ९ विकेटले पराजित


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा आर्मी लुम्बिनी प्रदेशलाई नौ विकेटले पराजित गरेको हो । प्रतियोगितामा आर्मीको यो लगातार दोस्रो जित हो ।

वर्षाका कारण खेल १९ ओभरमा छोट्याइएको थियो । लुम्बिनीले दिएको ८६ रनको सामान्य लक्ष्य आर्मीले १० ओभर तीन बलमा एक विकेट गुमाएर पूरा ग¥यो । आर्मीका लागि हरि चौहानले ३५ तथा अर्जुन साउदले अविजित २८ रन बनाए । भीम सार्कीले अविजित १८ रन बनाए ।

लुम्बिनीका लागि अनिल खरेलले एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले १९ ओभरमा नौ विकेट गुमाएर ८५ रन जोडेको थियो ।

उसका लागि कप्तान कृष्ण कार्कीले अविजित २८ तथा सन्दीप रजालीले १५ रन बनाएका थिए । यसैगरी देव खनाल र बासिर अहमदले समान १३ रन बनाए ।

लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा आर्मीका सुशन भारीले पाँच विकेट लिए । त्यस्तै हरि चौहानले दुई तथा आकाश चन्द र सोमपाल कामीले समान एक विकेट लिए । जितसँगै आर्मीको चार खेलमा छ अङ्क भएको छ ।

लुम्बिनीको भने पाँच खेलमा तीन अङ्क रहेको छ । प्रतियोगितामा तीन विभागीय, सात प्रदेश र एनआरएनको टोली गरी ११ टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ७ : २६ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट