सेन्चुरी फुड, बेभरेज एण्ड हस्पिटालिटी भृकुटी मण्डपमा हुने « Khabarhub

सेन्चुरी फुड, बेभरेज एण्ड हस्पिटालिटी भृकुटी मण्डपमा हुने


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सेन्चुरी फुड, बेभरेज एण्ड हस्पिटालिटी २०२२ भृकुटी मण्डप, काठमाडौंमा आयोजना हुने भएको छ।

भदौ ३१ गतेदेखि असोज २ गतेसम्म आयोजना हुने उक्त एक्सपो खाद्य, पेय पदार्थ र आतिथ्यतामा विशेष केन्द्रित रहने बताइएको छ। गत कोरोनाकाल अर्थात् तीन वर्षपछि हुन लागेको यस पटक सबैभन्दा महत्वपूर्ण संस्करण हुने बताइएको छ।

नेपालमा यस क्षेत्रको बृद्धिका लागि मान्यता प्राप्त यो एक मात्र एक्स्पो रहेको जनाइएको छ । विगतका दशकमा होटल, रेस्टुरेन्ट, बार, क्याफे, बेकरी र पार्टी प्यालेसहरू अपेक्षाभन्दा धेरै बढेको छन् । त्यसैगरी, टेक–अवे फूड आउटलेट, फाष्ट फुड क्याफे, किराना पसल र सुपर–मार्केटहरू पनि हाम्रो छर–छिमेकमा उल्लेख्य संख्यामा खुलेका छन् ।

गत कोरोनाकाल अर्थात् तीन बर्ष पश्चात, विगतका बर्षहरु मध्ये यस बर्ष पनि हुन लागेको “सेन्चुरी फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२” सबैभन्दा महत्त्वपूर्ण संस्करण बताइएको छ । ‘कोरोनाकाल पश्चात धेरै क्रेता, बिक्रेताहरू र व्यवसायीहरु कोभिड महामारीको चपेटामा पर्दै आइरहेका अवस्थामा यस बर्षको सेन्चुरी फूड एण्ड वेभरेज एण्ड हस्पिटालिटी २०२२ मा सबै खरिदकर्ता र विक्रेताहरु बजारमा पुरानामध्ये अझै को–को कायम छन् ? र नयाँ को–को थपिएका छन् ? भन्ने मूल्याङपनि गरिने भएको छ ।

२०१५ को भूकम्प, कोरोना महामारी जस्ता कहालीलाग्दा प्रकोपले देशको सम्पूर्ण क्षेत्रमा ठूलो मात्रामा फेरबदल गर्दछ।

बजारमा कुन–कुन फुड, बेभरेज एण्ड हस्पिटालिटी कम्पनीहरू छन् र हाल के–के गर्दैछन् भनि बुझ्न र उद्योगका सरोकारवालाहरूको बजार रूपान्तरणमा सुरक्षित अवतरण सुनिश्चित गर्न एफबिएच २०२२ कार्यक्रममा भ्रमण गर्न आयोजकहरूले आह्वान गरेका छन्।

हाल पूरा विश्व विभिन्न चुनौतीहरूबाट गुज्रिरहेको अवस्थामा सेन्चुरी एफबीएच २०२२ ले यो कार्यक्रम आयोजना गर्नलागेको हो । सेन्चुरी एफबीएच २०२२ ले लगभग ३०,००० आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरेको छ, जसमध्ये व्यापारिक आगन्तुकहरु १२,००० भन्दा बढी हुने अपेक्षा गरिएको जनाएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  १० : ०३ बजे

पर्साको दुई निर्वाचन मतदानस्थल अनुगमन बाँकी

पर्सा– जिल्ला सुरक्षा समितिले पर्साको १६५ मतदानस्थलको अनुगमन तथा निरीक्षणको

उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिकामा हिमपातले जनजीवन अस्तव्यस्त, ६ लाख घरमा विद्युत अवरुद्ध

काठमाडौं – अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भएको हिमपातका कारण जनजीवन

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ अन्तर्गत मंगलबार एउटा

प्रिमियर लिग : एभर्टनलाई हराउँदै म्यानचेस्टर युनाइटेड विजयी

काठमाडौं – मंगलबार बिहान सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको