कालीकोटमा सात हजार दुई सय मेट्रिक टन स्याउ उत्पादन « Khabarhub

कालीकोटमा सात हजार दुई सय मेट्रिक टन स्याउ उत्पादन


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कालीकोट – यस वर्ष कालीकोटमा मनग्य स्याउ उत्पादन भएन । स्याउ उत्पादन गरेर राम्रो आम्दानी लिन थाले तर उत्पादन भने राम्रो भएन । चालु आर्थिक वर्षमा कालीकोटको एक हजार तीन सय हेक्टर क्षेत्रफल ओगटेको स्याउको बगैँचाले अहिले नौ सय हेक्टर क्षेत्रफलमा मात्रै स्याउ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय कालीकोटले जनाएको छ । नौ सय हेक्टर क्षेत्रफलमा किसानले सात हजार दुई सय मेट्रिक टन स्याउ उत्पादन भएको कार्यालयले जनाएको छ ।

जिल्लाको तिलागुफा नगरपालिका, महावै गाउँपालिका, रास्कोट नगरपालिकामा स्याउ उत्पादन हुने गरेको छ । किसानले भदौ पहिलो साता नै बिक्री सुुरु भए र जिल्लाको तिलागुुफा नगरपालिका–१० का अगुवा किसान कृष्णबहादुर शाहीले बताए। ‘यहाँका अधिकांश किसानले स्याउको बगैँचा रहेको छ ।” उनले भने, ‘स्याउ सिजनमा प्रत्येक परिवारको रु ४० हजारदेखि रु ५० हजारसम्म आम्दानी लिनुहुन्छ ।’

किसानलाई स्याउका बिरुवामा ७० प्रतिशत कृषि विकास कार्यालयको अनुदान र ३० प्रतिशत किसानको लगानीमा स्याउका बिरुवा वितरण गर्ने गरिरहेको कृषि विकास कार्यालय कालीकोटका प्रमुख बालाराम देवकोटाले बताए ।

स्याउ किसानले अहिले बगैँचामै प्रतिकेजी रु ६० देखि रु ७० प्रतिकिलो बिक्री गर्ने गरेको तिलागुफा नगरपालिका–४ का स्याउ किसान बेगम शाहीले बताए । ‘गत साल बराबार अहिले स्याउ फलेन ।’ उनले भने, ‘सोचेअनुसार नफले पनि घाटामा कुनै किसान पनि गएको छैन ।’

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ११ : ०४ बजे

झापा ५ बाट बालेन्द्र उठ्नुहुन्छ : यज्ञमणि न्यौपाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले झापा

गम्भीर तथा आकस्मिक बीरामीका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा 

काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा

मनाइयो २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं– २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको