सत्ता गठबन्धनको उम्मेदवारी खारेज भएसँगै रुपन्देही २ मा विष्णु पौडेललाई सहज « Khabarhub

सत्ता गठबन्धनको उम्मेदवारी खारेज भएसँगै रुपन्देही २ मा विष्णु पौडेललाई सहज


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

बुटवल – रुपन्देही–२ मा सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेजलाई सदर गर्दै निर्वाचन आयोगले १५ जनाको अन्तिम नामावली प्रकाशन गरेको छ।

सत्तारुढ गठबन्धनको उम्मेदवारी नै खारेज भएपछि रुपन्देही–२ एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई चुनाव जित्न सहज भएको छ। अव यस क्षेत्रमा पौडेलसहित साना दल र स्वतन्त्र गरी १५ जनाको उम्मेदवारी कायम भएको छ।

अन्तिम नामावली प्रकाशनसँगै सत्ता गठबन्धन उम्मेदवारविहीन भएपछि पौडेल प्रतिस्पर्धी विहीन जस्तै देखिएकाले उनको जित सुनिश्चित भएको विश्लेषण गर्न थालिएको छ।

यो क्षेत्रमा अब पौडेलसँग केही साना पार्टी र स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा हुनेछन्। जसमा राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशवबहादुर थापा, नेपाल मजदुर किसान पार्टीका हरिसुन्दर बासी, नेपाल दलित पार्टीका राजु शाही, नेपाली कांग्रेस बिपीकी नमादेवी गौतम जैसी, मंगोल नेसनल अर्गनाइजेसनका दीपक थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल उम्मेदवार रहेका छन्। यस्तै, स्वतन्त्रबाट रुपसिंह थापा, केशव बस्याल, टोपनारायण पौडेल, तारा घिमिरे, तुलसीराम यादव, सुरेन्द्र भारी, प्रदीप ज्ञवाली र विष्णु विक उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालय प्रमुख उद्धिर नेपालीले जानकारी दिए।

यो क्षेत्रमा १८ जनाको उम्मेदवारी दर्ता भएकोमा तीन जना उम्मेदवारमाथि परेको उजुरी छानबिन गर्दा सत्ता गठबन्धनका राजु गुरुङ, हाम्रो नेपाली पार्टीका डा. निकोलस भनिने कमल भुसाल र स्वतन्त्र उम्मेदवार हिमाल बस्याल उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै निर्वाचन अधिकृतको कार्यालयले तीन जनाको उम्मेदवारी खारेज गरेको थियो।

कमल भुसालको उम्मेदवारीविरुद्ध स्वतन्त्र उम्मेदवारहरु विष्णु विश्वकर्मा र टोपनारायण पौडेलले उजुरी दिएका थिए। उजुरीमाथि छानबिन गर्दा प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १५ को खण्ड (ङ) बमोजिम उम्मेदवार हुन पाउने योग्यता नपुगेकाले भुसालको उम्मेदवारी खारेज भएको हो।

यस्तै गुरुङ र बस्यालको उम्मेदवारीविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड ९ज० तथा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १६ (ज) अनुसार दुवै जना उम्मेदवार हुन अयोग्य भएकाले उम्मेदवारी खारेज गर्ने निर्णय गरिएको निर्वाचन कार्यालयले जनाएको छ।

गुरुङविरुद्ध उनी अध्यक्ष रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालीले गौतमबुद्ध विमानस्थल निर्माणको ठेक्कामा सामान आपूर्ति गरेको बेस्ट प्रोजेक्ट म्यानेजमेन्ट एण्ड सप्लायर्स प्रालिलाई तिर्नुपर्ने २ करोड ५० लाख बराबरको रकमका लागि विभिन्न मितिमा काटिएका ७ वटा चेक बाउन्स भएपछि गुरुङको कम्पनीलाई सिद्धार्थ बैंकले कालो सूचिमा राखेको थियो।

गुरुङलाई अदालतले बैंकिङ कसुरमा दुई हजार रुपैयाँ जरिवाना गरेको र उक्त जरिवानासहितको भुक्तानी दिनुपर्ने रकम नदिएको प्रमाण फेला परेपछि उनको उम्मेदवारी खारेज गरेको हो।

सत्ता गठबन्धनले भने गुरुङको उम्मेदवारी खारेजीको निर्णय सच्याउन र निर्वाचन अधिकृत उद्विर नेपालीलाई हटाउन माग गर्दै बुधबार जिल्ला निर्वाचन आयोगको कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ७ : ४८ बजे

मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो

भक्तपुर – भक्तपुर र काठमाडौँको सीमा क्षेत्रमा पर्ने मनोहरा सुकुम्वासी

कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या

सिरहा – सिरहा र धनुषा जिल्ला जोड्ने निर्माणाधीन कमला नदीमा

आईपीएल : दिल्लीले ८ रनमै गुमायो ६ विकेट, तीन ब्याट्सम्यान शून्य रनमै आउट

दिल्ली – आईपीएल २०२६ को ३९औँ खेलमा दिल्ली क्यापिटल्स र

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौं – सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक

पर्सामा २४ भारतीय ‘इलेक्ट्रिक स्कुटर’ नियन्त्रणमा

पर्सा – यहाँ जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रबाट भन्सार छली