सय वर्ष नजिक महाथिरको सत्ता सम्भावना | Khabarhub Khabarhub

सय वर्ष नजिक महाथिरको सत्ता सम्भावना


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

संसारमै लामो समय राजनीतिमा प्रभाव राख्ने विरलै नेता मध्येका एक महाथिर मोहम्मद।तीनै मोहम्मद यस पटक हुने आम निर्वाचनमा फेरि उम्मेदवार हुने भएका छन्। अहिले ९७ वर्ष पुगेका उनी यस अघि नै दुई पटक प्रधानमन्त्री भइसकेका छन्। उनले पहिलो पटक निर्वाचित भएपछि २२ वर्ष लगातार प्रधानमन्त्रीको कार्यभार सम्हालेका थिए। ९२ वर्षको उमेरमा उनले फेरि सत्ताको बागडोर सम्हाल्ने अवसर पाएका थिए।

यो वर्षको सुरुवातमा उनी मुटुको रोगको कारण अस्पतालमा भर्ना भएका थिए। यसै कारण राजनीतिक जीवनलाई निरन्तरता दिने सवालमासमेत आशंका पैदा भएको थियो। अहिले मोहम्मद आबद्ध गठबन्धनले निर्वाचनमा जित हात पारे फेरि प्रधानमन्त्री हुने या नहुने भन्ने बारेमा भने उनले कुनै खुलासा गरेका छैनन्। उनले पत्रकार सम्मेलनमा सांसदको निर्वाचन नहुँदै प्रधानमन्त्रीको बारे धारणा राख्नु बेतुकको हुने बताएका छन्।

यसै साता मलेसियामा संसद् विघटन भएको थियो। सरकार ठूलो आर्थिक स्क्यान्डलमा फसेपछि सुरु भएको राजनीतिक अस्थिरता पनि त्यसै निर्वाचनपछि सकिने अपेक्षा गरिएको छ।

पहिले पटक सन् १९६४ मा मलेसियाको संसदमा प्रवेश पाएका महाथिरको कुशल नेतृत्वका कारण सन् १९८० यता त्यस देशले आर्थिक रूपमा ठूलो फड्को मारेको थियो। सन् २०१८ मा उनको दोस्रो पटकको संसद् उपस्थिति भने फरक थियो। राज्य कोशको लाखौँ डलर हिनामिना गरेको आरोपमा पूर्व प्रधानमन्त्री नजिव रजाकको बर्खास्तसँगै महाथिरले मलेसियाको नेतृत्व सम्हालेका हुन्।

पुराना प्रतिद्वन्द्वी अनवर इब्राहिमको सहयोगमा महाथिर प्रधानमन्त्री हुन सफल भएका थिए भने रजाक जेल चलान भए। शक्तिको दुरुपयोग तथा आर्थिक अपचलनको आरोपलाई उनलाई जेल पठाइएको हो। गठबन्धनको खटपटपछि सन् २०२० मा महाथिर प्रधानमन्त्रीबाट बाहिरिएका हुन्।

९७ वर्षीय यी प्रौढ नेतामा मुटुको रोगको समस्या छ। बाइपास सर्जरी भइसकेको छ। हृदयघात पनि नभएको होइन। कोभिड १९ का कारण अस्पतालमा भर्ना भएका उनी गत महिना मात्र डिस्चार्ज भएका हुन्।

महाथिर पहिलो पटक सन् १९८१ देखि २००३ सम्म प्रधानमन्त्रीको रूपमा मलेसियालाई द्रुत गतिको विकासमा भूमिका निर्वाह गरेका मोहम्मद २१ वर्षको उमेरमा त्यहाँको राजनीतिक पार्टी युनाइटेड मलाय नेसनल अर्गनाइजेसनमा आबद्ध थिए। उनी सन् १९६४ मा सांसद हुनु अगाडि स्वास्थ्यकर्मीको रूपमा सक्रिय थिए। उनले सात वर्ष घरेलु प्रान्त केदाहको सो काम गरेका थिए।

सन् १९६९ मा तत्कालीन प्रधानमन्त्रीले अब्दु रहमानको आलोचना गर्दै खुला पत्र लेखेपछि मोहम्मद सांसदबाट बर्खास्तमा मात्र परेनन्, पार्टीको साधारण सदस्यबाट समेत हटाइए। त्यसपछि नै उनको विवादास्पद पुस्तक ‘मलाया डिलमाया’ बजारमा आएको थियो। उनको पुस्तकले मलायहरु सीमान्तकृत मात्र होइन, उनीहरूले उदासीन पूर्वक दोस्रो दर्जाको नागरिकको परिचय स्वीकार गरेको कुरा उल्लेख थियो।

यसपछि पार्टीको युवा दस्तामा उनी प्रतिको आकर्षण बढेको थियो। त्यसै आकर्षणको फल स्वरूप उनी फेरि पार्टीमा फिर्ता बोलाइएका हुन्। सन् १९७४ मा उनी फेरि संसद्मा निर्वाचित भएका हुन्। त्यस पछि उनी लगत्तै शिक्षा मन्त्री पनि नियुक्त भएका थिए। त्यसको चार वर्षपछि नै उनी यूएमएनओ पार्टीका उप नेता चयन भए।

सन् १९९० सम्म पुग्दा सामान्य मलेसिया परिवर्तन हुँदै एसियाको शक्ति भइसकेको थियो। त्यहाँको ट्वीन टावर त उनको महत्त्वाकाङ्क्षी कार्यक्रम थियो। त्यसैले त्यहाँको समृद्धिलाई प्रस्ट पारेको थियो।

मलेसियालाई आर्थिक शक्तिको रूपमा स्थापित बनाउनुका बाबजुद उनका थुप्रै काम विवादास्पद रहे। खासमा प्रजातान्त्रिक मूल्य र मान्यताको सवालमा उनी कमजोर रहे। उनले ल्याएको आन्तरिक सुरक्षा ऐन अनुसार धेरै जना बिना सुनुवाइ जेल चलान भए।

उनले उप प्रधानमन्त्री अनवर इब्राहिमलाई बर्खास्त गरेको निर्णय सो समयमा अत्यन्त चर्चामा रहेको थियो। त्यत्तिकै विवादास्पद पनि थियो। पश्चिमा देशहरूको बारे उनले बारम्बार विवादास्पद अभिव्यक्ति दिँदै आएका थिए। यी सबै विवाद पछि मात्र उनले सन् २००३ मा राजीनामा दिएका हुन्। उनले मलेसियालाई आर्थिक उन्नतिको बाटोमा लगे पनि पद छाड्नु पर्दा दुःख लागेको बताएका थिए।

राजीनामापछि उनको राजनीतिमा चासो भने कहिले पनि कमी भएको थिएन। सन् २००८ को निर्वाचन परिणामपछि उनले आफ्नो उत्तराधिकारी बनेका अब्दुल्लाह बदावीको खुलेर आलोचना गरेका थिए। अब्दुलले दबाब सहन नसकेर नै राजीनामा नै दिएका थिए। यसपछि नै नाजीवको सत्ता प्रवेशको बाटो खुला भएको हो।

भ्रष्टाचारको कारण जनाउँदै उनले नाजीवलाई पनि निरन्तर समर्थन गरेनन्। ‘वान मलेयिा डेभ्लप्मेन्ट बहार्ड’(आइएमडीबी) मा लाखौँ हिनामिना भएको ठहरसहित मोहम्मद विरुद्धमा उभिएका हुन्। यसपछि नै पार्टी र सरकारबाट निजावको नेतृत्व गुमेको थियो। यस पछि नै सन् २०१८ मा ९२ वर्षको उमेरमा महाथिर फेरि निर्वाचनमा उम्मेदवार हुन इच्छुक देखिएको थिए।

९ मे २०१८ मा ६० वर्ष भन्दा लामो समय सत्तामा रहेका आफ्ना पुराना सहयोगीलाई हराउँदै महाथिर मलेसियाको नेतृत्वमा उदाएका हुन्। उनीसहित अनवर र हारापान गठबन्धनले सरकार चलाएको थियो। अनवरसँगको सहकार्य टुटेसँगै सन् २०२० मा महाथिरले पद त्यागेका थिए।

त्यसो त राजीनामापछि उनले अनवरसँग फेरि मिलेर सत्ताको सम्भावना व्यक्त गरे पनि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद साहले मुहीयीदिनलाई छानेर सत्ता चलाएका थिए। उनले पनि १७ महिनामा शासन छाडन साक्री याकोवलाई सत्ता हस्तान्तरण गरेका हुन्।

त्यसो त महाथिर मात्र होइन पाको उमेरमा देश चलाउने अन्य पनि छन्। साउदी अरेबियाका राजा फाद दाजुको निधन पछि आफै राजा समेत भएका थिए। सन् १९२१ मा जन्मिएका उनी १३ जुन १९८२ मा राजा भएका हुन्। १ अगस्ट २००५ मा शासनमा रही रहेको समयमा उनको निधन भएको हो।

सन् १९५३ मा शिक्षा मन्त्री भएका फादले त्यस समयमा प्राथमिक शिक्षा र माध्यमिक शिक्षाको वर्गीकरण गरेका थिए। उनको त्यस कामलाई क्रान्तिकारी कदम ठानिएको थियो। त्यसपछि उनले विविध कारणले औपचारिक शिक्षा गुमाउनेका लागि व्यावसायिक प्रशिक्षणको सोच अगाडि ल्याएका थिए। सन् १९६७ मा उनी उपप्रधानमन्त्री भएका हुन्।

दाजु फैसलाको कार्यकालमा उनले देशको गम्भीर मुद्दामा निर्णायक छलफल गर्ने काममा आफूलाई सक्रिय राख्ने अवसर पाएका थिए। राष्ट्रिय सुरक्षा, शैक्षिक नीति तथा तेलको मामलामा नीति बनाउने काम नै उनको थियो।

राजा हुनु अगाडि नै उनी सन् १९७७ मा अमेरिका पुगेर अरबको तर्फबाट राष्ट्रपति जिम्मी कार्टरसँग वार्ता गर्न भ्याएका थिए। त्यस क्रममा उनले मध्यपूर्व तथा प्यालोस्टानको समस्याको बारे वार्ता अगाडि बढाएका थिए। उनलाई साउदी अरेबियाको वर्तमान अर्थतन्त्रको एउटा प्रमुख डिजाइनर मानिन्छ। यी दुई संसारमा यस्ता व्यक्ति हुन् जसको कारण मध्यपूर्वको राजनीति सधैँ प्रभावित बनेको थियो। आफ्नो देश मात्र होइन मध्यपूर्वको आर्थिक उन्नतिमा नै उनीहरूको भूमिका महत्त्वपूर्ण थियो।

संसारमा अहिले पनि केही यस्ता जो उमेर पाको भए पनि देशको नेतृत्व गरिरहेका छन्। भेटिकन सिटीका पोप फ्रान्सीस ८५ वर्षमा पनि सक्रिय छ। इरानका सर्वोच्च नेता अल खोमीनी ८३ वर्षका भए। यसै गरी नर्वेका राजा हराल्ड भी पनि ८५ वर्षका भए।

प्यालेस्टाइनी राष्ट्रपति मोहम्मद अबास ८७ वर्षका भए। जिम्बाबेका राष्ट्रपति इमर्सन उमगावा तथा अमेरिकी राष्ट्रपति जो वाइडेन अहिले सत्तामा रहेका अन्य पाको नेता हुन्। यी दुवै ७९ वर्षका भए। यी थुप्रै उदाहरणको बिचमा महाथिर फेरि सत्तामा पुगे उनको कार्यकाल सकिँदा १ सय २ वर्ष पुरा हुनसक्ने छन्। स्रोत : बीबीसी, ब्रीटानिका, टुडे एफएम

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ८ : १७ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको