बाँकेमा नौजनाद्वारा उम्मेदवारी फिर्ता | Khabarhub Khabarhub

बाँकेमा नौजनाद्वारा उम्मेदवारी फिर्ता


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बाँके – प्रतिनिधिसभा र प्रदेशसभातर्फ बाँकेमा नौ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी फिर्ता लिनेमा एक प्रतिनिधिसभा र आठ प्रदेशसभाका उम्मेदवार छन्।

बाँके क्षेत्र नम्बर–३ मा उम्मेदवारी दिएका रवीन्द्रमान श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन्। क्षेत्र नम्बर–३ मा सत्ता गठबन्धनबाट कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर उम्मेदवार छन्। क्षेत्र नम्बर–१ का प्रदेशसभाका उम्मेदवार उग्रसेन यादव र विक्रम यादव, क्षेत्र नम्बर–२ का प्रदेशतर्फ स्वतन्त्र उम्मेदवारद्वय राजेन्द्र कँडेल र विनयचन्द्र गुप्ता, क्षेत्र नम्बर–३ को प्रदेशसभा सदस्य उम्मेदवार जाकिर हुसैन, दीपक जीएम, इन्द्रबहादुर थापा, राजकुमार ढकाल र सन्तबहादुर खत्रीले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा प्रतिनिधिसभा र प्रदेशमा गरी नौ जना निर्वाचित हुनेछन्। यसका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए। आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ९ : ३१ बजे

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार