नुवाकोटमा ६३ जनाको उम्मेदवारी कायम, बागी उम्मेदवारी कायमै « Khabarhub

नुवाकोटमा ६३ जनाको उम्मेदवारी कायम, बागी उम्मेदवारी कायमै


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नुवाकोटको दुई क्षेत्र रहेकोनुवाकोटमा ६३ जनाको उम्मेदवारी कायम भएको छ। प्रतिनिधिसभातर्फ २८ र प्रदेशसभातर्फ ३५ उम्मेदवार कायम भएका छन्।

गत असोज २३ गते मनोनयन दर्ता गराएकामध्ये बुधबार तीनजनाले उम्मेदवारी फिर्ता लिएका छन्। मनोनयन दर्ता गराएका ६६ जनामध्ये ६३ जनाको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए। उनका अनुसार प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार गरेर कूल छ पदका लागि ६३ उम्मेदवारको चुनाव चिह्न मतपत्रमा कायम हुनेछ।

क्षेत्र नं १ का निर्वाचन अधिकृत टेकराज भुसालका अनुसार प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र नं १ मा मनोनयनदर्ता गराएका स्वतन्त्र उम्मेदवार सरोज गिरी र क्षेत्र नं १ प्रदेशसभा ‘ख’ तर्फ स्वतन्त्र उम्मेदवारी दिनुभएका नरहरि भेटुवालले फिर्ता लिएका छन्। क्षेत्र नं २ को प्रदेशसभा ‘ख’तर्फ नेकपा (माओवादी केन्द्र)बाट मनोनयन दिएका राममाया बोगटीले उम्मेदवारी फिर्ता लिएका छन्।

गठबन्धनको बागी उम्मेदवार कायमै

आगामी निर्वाचनका लागि सत्तारुढ दलहरुबीच गठबन्धन गरेर उम्मेदवारी दिने निर्णय भए पनि नुवाकोटमा त्यसको अवज्ञा भएको छ। गठबन्धनको निर्णयअनुसार नुवाकोटको क्षेत्र नं १ को प्रदेशसभा ‘क’मा माओवादी केन्द्रले राधिका तामाङलाई उठाएको भए पनि नेकपा (एकीकृत समाजवादी) ले उठाएका उम्मेदवार राजेश थापाको उम्मेदवारी कायमै छ।

क्षेत्र नं २ को प्रदेशसभा ‘क’मा गठबन्धनको निर्णयअनुसार माओवादी केन्द्रको भागमा परेकाले उक्त पार्टीले रामप्रसाद ढुङ्गानालाई उम्मेदवार बनाएको छ। उक्त क्षेत्रमा पनि नेकपा (एकीकृत समाजवादीले राजेन्द्रप्रकाश लोहनी र नेपाली कांग्रेसकी गीता अमात्यको उम्मेदवारी कायमै छ।

प्रदेशसभा ‘ख’मा गठबन्धनको निर्णयअनुसार कांग्रेस उम्मेदवार बहादुरसिंह लामा (तामाङ)लाई उठाइएको छ। उक्त क्षेत्रमा कांग्रेस महाधिवेशन प्रतिनिधि तथा तरुण दल नुवाकोटका अध्यक्ष सिंहराज तामाङले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्। उनको उम्मेदवारी कायमै छ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ९ : ५३ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन १४ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन १४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १४ गते बिहीबार सन् २०२६

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था