सन्दीपलाई थप पाँच दिन थुनामा राखिने | Khabarhub Khabarhub

सन्दीपलाई थप पाँच दिन थुनामा राखिने


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलात्कार अभियोगमा हाल न्यायिक हिरासतमा रहेका सन्दीप लामिछानेविरुद्ध १ कात्तिकमा मुद्दा दर्ता हुने भएको छ।

जिल्ला अदालतले थुनामा राख्न दोस्रोपटक पाँच दिनको म्याद थप गरेको छ । यसअघि उनलाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो ।

बिहीबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश सूर्यबहादुर थापाको बेञ्चले पाँच दिन म्याद थप गरेको लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए ।

२० असोजमा पक्राउ परेका लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो । म्याद थप भएको पाँच दिनभित्र बयान सकाएर १ कात्तिकमा मुद्दा दर्ता गर्ने तयारीमा प्रहरी रहेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ११ : ३६ बजे

पाल्पाको रामपुरमा व्यावसायिक कालिजपालन

पाल्पा- रामपुर क्षेत्रमा नयाँ व्यवसायको रुपमा कालिजपालन थालनी भएको छ

उपप्रधानमन्त्री खड्का घाना प्रस्थान

काठमाडौँ– उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त

धेरै कमाउने खेलाडी : कसको आम्दानी कति ?

खराब समयमा गुज्रिएको डेढ वर्ष म्यानचेस्टर युनाइटेडमा बिताएपछि क्रिस्टियानो रोनाल्डो

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा फुल्हम पराजित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले रोमाञ्चक जित निकालेको छ

एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठक आज