एनआरएनएको विधान सर्वसम्मत पारित | Khabarhub Khabarhub

एनआरएनएको विधान सर्वसम्मत पारित


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को साधरणसभाले विधानको मस्यौदालाई सर्वसम्मतले पारित गरेको छ। गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीका अनुसार संघको साधारणसभाको अन्तिम दिन बुधबार राति निर्वाचन प्रक्रिया र प्रतिनिधि छनोटमा रहेको विवाद टुंगो लागेको हो।

एनआरएनए साधारण सभाबाट पारित विधान परराष्ट्र मन्त्रालयले स्वीकृति दिएपछि लागू हुने विधान समितिका संयोजक तथा संघका उपाध्यक्ष डा. हेमराज शर्माले जानकारी दिए। संशोधित विधानअनुरुप संघको ११औं महाधिवेशनको निर्वाचन अनलाइन तथा प्रत्यक्ष (काठमाडौँ) हुने भएको छ।

संशोधित विधानमा प्रतिनिधि छनोट प्रक्रिया यथावत् राखिएको छ। यसअघि विवादमा रहेको प्रतिनिधि छनोटको प्रतिशतको संख्या हटाइएको छ। यसअघि ६५ प्रतिशतबाट चयन हुने प्रतिशतको संख्या अब शतप्रतिशत बनाइएको छ। २५ र १० प्रतिशत प्रतिनिधिको प्रावधान खारेज गरिएको छ।

संघको निर्वाचनमा उम्मेदवार, तीनका समर्थक र प्रस्तावक तथा आइसीसी सदस्यलाई काठमाडौं अनिवार्य रूपमा उपस्थित हुनुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ। संघका अध्यक्षहरु रविना थापा, कुल आचार्य र डा. बद्री केसीले आपसी सहमतिमा अन्तिम रूप दिएर ल्याइको विधानलाई संघले अन्तिम रुप दिएको हो।

आइसीसीका महाचसिव केशव पौडैलका अनुसार संशोधित विधानमा प्रत्यक्ष र अनलाइन दुबै माध्यमबाट भोट गर्न सकिने छ। यसअघि संघको विधान समितिले सर्वसम्मतले सो संशोधन प्रस्ताव साधारणसभामा पेस गरेको थियो।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ११ : ५० बजे

आखिर नरुने को छ र !

जीवनमा साधारण मानिस मात्र होइन, ख्याति कमाएका महापुरुष पनि बलिन्द्रधारा

नारायणगढ–मुग्लिन खण्डका दुई पुल सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डका दुई पुल सञ्चालनमा आएका छन् । लामो

काठमाडौँका यी स्थान आज विद्युत बन्द हुने (सूचनासहित)

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति

बलिउडमा २०२३ : साहरुखको ‘कम ब्याक’ वर्ष

भारतीय सिने उद्योगको संसारमा भिन्न खालको महत्त्व छ। भारतीय सिने

च्याम्पियन्स लिग : लेन्समाथि आर्सनलको ६ गोल

काठमाडौँ– युइएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ